१५ चैत्र २०८०, बिहीबार
Follow Us

एक किलो सुनसहित एक जना पक्राउ

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७६, सोमबार १५:३२

बुटवल–नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले पक्राउ गरेको छ ।

भारतीय सीमा सुरक्षा बलले डण्डा हेडको बाटो हँुदै भारततर्फ जाँदै गरेको लु४२प ७६१९ नंको स्कुटी जाँच गर्ने क्रममा उक्त स्कुटीमा लुकाई राखेको सो सुन बरामद गरेको हो ।
सुनसहित भारतीय प्रहरीले उक्त स्कुटीका चालक भैरहवा निवासी धनवत अग्रवाललाई पक्राउ गरेर थप कारवाहीका लागि नौतनवास्थित भारतीय भन्सार कार्यालय पठाएको जनाएको भारतीय प्रहरीले जनाएको छ ।