१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अवैध रुपमा लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७६, सोमबार १५:३८

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रुपमा लैजान लागेको विदेशी मुद्रा सहित पोल्याण्ड नागरिक २८ वर्षीय माक्सी मिलीकन बेग्लोस्की र २६ वर्षीय आकुभ स्टेक्कीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय उडानतर्फको होलब्यागेजजाँच गर्ने क्रममा माक्सीको साथबाट युएसडलर १३ हजार ६ सय, युरो ५ हजार २ सय तथा नेपाली रुपैयाँ ५८ हजार र आकुभको साथबाट युएसडलर६ हजार १ सय र युरो ५ हजार फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि उक्त मुद्रा सहित राजश्व विभाग हरिहर भवन पुलचोक पठाइएको छ ।