११ बैशाख २०८१, मंगलवार
Follow Us

विमान दुर्घटनामा ज्यान गुमाएका श्रेष्ठको अन्त्येष्टि

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७६, सोमबार १७:३८

झापा– सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा हवाईजहाज दुर्घटनामा आइतबार हिजो ज्यान गुमाएका झापा, विर्तामोडका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको आज अन्त्येष्टि गरिएको छ ।

सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय दरबन्दी भई लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक श्रेष्ठको शव ल्याई आज जिल्लाको कन्काइ नदीमा अन्त्येष्टि गरिएको हो ।

श्रेष्ठको शव आज काठमाडौंबाट गृह जिल्ला ल्याइएको थियो । प्रहरीले सलामी अर्पण गरेको थियो । अन्येष्टि कार्यक्रममा प्रदेश नं १ का प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजाल, जिल्लाका सुरक्षा अधिकारी र सर्वसाधारणको उपस्थिति रहेको थियो । श्रेष्ठका श्रीमती रेमिला श्रेष्ठ, दुई छोरीहरु शिला र रियान्सु छन् ।

लुक्ला विमानस्थलमा आइतबार विमान दुर्घटनामा परी समिट एयरका सहायक पाइलट सुजित ढुङ्गाना र प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको समेत मृत्यु भएको थियो ।