११ बैशाख २०८१, मंगलवार
Follow Us

फ्रान्सको राजधानी पेरिसको चर्चमा आगलागी

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७६, सोमबार १९:३५

फ्रान्सको राजधानी पेरिसका मध्यभागमा गर्ने मध्ययुगीन नोट्र–डेम क्याथेड्रल (चर्च)मा सोमबार भीषणा आगलागी भएको छ । अग्निनियन्त्रकहरुले आगलागी नियन्त्रणको प्रयास गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।
आगलागी कसरी हुन पुग्यो भन्ने स्पष्ट भइसकेको छैन। १२ औं सताब्दीको यो क्याथेड्रल अवलोकनका लागि वर्षेनी लाखौ पर्यटक यहाँ पुग्ने गरेका छन् ।
हाल मर्मतसम्भार चलिरहेको थियो ।
बेलायती पत्रिका डेलीमेलले भने मर्मतका क्रममा क्याथेड्रल भत्किन पुगेको र त्यसपछि भीषण आगलागी हुन पुगेको जनाएको छ। सामाजिक सञ्जालहरुमा पोस्ट गरिएको फोटो तथा भिडियोमा आगलागी भएको क्षेत्रमा धूँवाको मुस्लो निस्किएको देखिएको छ ।