१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेल्जियम कांग्रेस सभापति सिता सापकोटा बर्खास्त, माधव सापकोटा संयोजक तोकिए

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७६, सोमबार २०:०१

लण्डन । नेपाली जनसम्पर्क समिति बेल्जियमको विवादले चर्को रुप लिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सर्वाधिकार लिएर बेल्जियम पुगेका कांग्रेस नेता किरण पौडेलको निर्देशन र निर्णयलाई सिता सापकोटा समुहले अस्वीकार गरे पछि केन्द्रिय प्रतिनिधी समेत रहेका पौडेलले माधव सापकोटालाई संयोजक तोकेका छन् ।

पौडेलले सोमबार माधव सापकोटाको नाममा एक पत्र जारी गर्दै पार्टीको अनुशासनमा रहि नेपाली कांग्रेस केन्द्रीय कार्यालयसंग समन्वय गरी यथाशीघ्र अधिवेशन गराउन निर्देशन दिएका छन् ।
यसअघि पौडेलले सिता सापकोटालाई संयोजक तोकेर अधिवेशनको प्रकृया अघि बढाउन निर्देशन दिएकोमा सापकोटा समुहले पौडेलको निर्णय नमान्ने घोषणा गरे पछि सापकोटालाई पार्टीको विषेश अधिकार प्रयोग गरि बर्खास्त गरिएको हो । संयोजक सापकोटाले केन्द्रको सर्वोच्चतालाई स्वीकार गर्दै आफुले जिम्मेवारी लिन तयार भएको वताए । उनले नेपाली जनसम्पर्क समिति बेल्जियमको एकताको लागि सबैलाई समेटेर अधिवेशन गर्न आफु तयार रहेको जनाए ।

पौडेलद्धारा जारी पत्रको पूर्ण बैठक

श्री माधव सापकोटा,
बेल्जियम,

नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २७९५० बमोज़िम नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मिति २०७५ फागुन १७ गतेक़ो चन १५५ अनुसार नेपाली जनसम्पर्क समिति बेल्जियमको पाचौ अधिवेशनमा उत्पन्न समस्याको समाधान गरी सफलतापूर्वक सम्पन्न गर्नकालागी निर्णय र निर्देशन समेत गर्न सक्ने गरी केन्द्रीय प्रतिनिधिका रुपमा खटाईएकों जानकारी नै छ।

अधिवेशनकालागी १६ मार्च २०१९ देखी १५ अप्रिल २०१९ सम्म लगातार रुपमा व्यक्तिगत छलफल ,सबै पक्षका साथीहरू बीच वार्ता, बार्ता टोली मार्फ़त वार्ता, नेपाली जनसम्पर्क समितिको बैठकमा निर्देशन, नेपाली कांग्रेस निकट व्यक्तिहरूक़ै संलग्नतामा नेपाली जनसम्पर्क समिति नाम राखी खोलिएको अर्कों छुट्टै संगठनको बैठकमा निर्देशन र नेतृत्वहरु बीच वार्ता, नेपाली जनसम्पर्क समितिमा आबद्ध सबै साथीहरू बीच सामूहिक छलफल, महासमिति सदस्यहरू, जनसम्पर्क समितिका संस्थापक पूर्बनिबर्तमान सभापति लगायत सम्बन्धित सबै पक्षहरू बिच भेटघाट र छलफल सम्पन्न गरी सकेको परिप्रेक्ष्यमा, नेपाली जनसम्पर्क समिति बेल्जियमका सबै साथिहरुको चाहना बिध्यमान असहमति र असमझदारीले उत्पन्न समस्याको अन्त्य गरी सहमति र एकताबद्ध भई सम्पन्न गर्न श्री सीता सापकोटाले खटाएको सर्वाधिकार सम्पन्न वार्ता टोलीको निष्कर्ष बमोज़िम श्री सीता सापकोटाको संयोजकत्वमा श्री सुबाश गुरुंग सह-संयोजक रहने गरी “पाचौ अधिवेशन तयारी मूल समिति” गठन गरि दुबै पक्षका सल्लाहकारहरू, पदाधिकारीहरू र सदस्यहरू सबैजना मूल समितिका सदस्य रहने गरीएकों र सहमतिमैं श्री राम थापाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरि निर्वाचनको प्रक्रिया समेत प्रारम्भ गरी सकेको परिस्थितिमा केन्द्रीय प्रतिनिधिले पटक पटक निर्देशन दिदा समेत संयोजकले मूल तयारी समितिको बैठक बोलाऊन सार्वजनिक रूपमैं अवज्ञा गरेको अवस्थालाई मध्यनज़र गर्दै, पार्टी केन्द्र द्वारा पौष १५,२०७५ ९३० डिसेम्बर २०१८० प्रेषित परिपत्रको समेत बर्खिलापमा गई, बीबाद समाधान भै सके पछि बनेको तैयारी समितिको बैठक बोलाउनुको सट्टा पुरानै समितिको बैठक गरी सहमतिको दस्तावेज़लाई अपमान गरेकोले ,
नेपाली कांग्रेस पार्टीको विधान,सिद्धांत र आदर्श प्रति प्रतिबद्ध रही नेपाली कांग्रेस प्रति आस्थाबान साथीहरू बिच आपसी एकता र सद्भाव क़ायम गरी सभ्य र भव्य रुपमा अधिवेशन सम्पन्न गर्न श्री सीता सापकोटाको संयोजकत्वमा गठित पाचौ अधिवेशन मूल तयारी समिति विघटन गरी तपाई श्री माधव सापकोटाको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ।

सहसंयोजक सुभाष गुरुङ र सदस्य सचिब गोबिन्द सिंह अधिकारी र कमल सिटौला रहने गरि सदस्यहरू राम थापा, गंगा धर गौतम, सुभाष जोशी, जानकी गुरुङ,उल्का घिमिरे, राधाकृष्ण अधिकारी,रफी शाह,कृष्ण बहादुर शाही,देबेन्द्र शर्मा,धर्म पाठक, सिपि भट्ट, बाबुराजा लामा,पदम गुरुङ, पुर्ण तिमिल्सिना,चिनिया दुवाल,अनिता लामा,दिनेश भन्डारी,अनुजा प्रधान, राजु थापा,कमल पन्थी,गजेन्द्र बोगटी,नन्द राज घले,बिनोद पौडेल, पिडि शेर्पा ,शिव लाल खरेल (रामु), कृष्ण श्रेष्ठ,कौशल खनाल, राजेन्द्र घिमिरे,घन श्याम शाही,अमृत प्रधान, नरहरि सापकोटा, जुमकाजी गुरुङ,कुल बहादुर कार्की,जित शेर्पा,जय राम के सि, राकेश कर्मचार्य,यसोधा थापा ९सुवेदी०,कुमार जोशी (केदार) केशव सापकोटा, इश्वरी प्रसाद कंडेल,सुर्य बहादुर गुरुङ, रामचन्द्र शर्मा,पार्बती अधिकारी,दामन तामाङ,रबिन पन्डित, सुदर्शन सिन्खडा,सुमित्रा गुरुङ रहेको समिति गठन गरीएकों छ। हाल सम्म नेजससको समितिमा रहि कार्य सम्पन्न गर्नु हुने सभापति लगायत समितिका सबै साथीहरूलाई धन्यवाद दिदै नया ज़िम्बेबारी प्राप्त साथीहरूलाई सफलताको शुभकामना दिन चाहंछु। पार्टीको अनुशाशनमा रहि नेपाली कांग्रेस केन्द्रीय कार्यालय संग समन्वय गरी यथाशीघ्र अधिवेशन सम्पन्न गर्नु गराउनु होला।

जयनेपाल

किरण पौडेल
केंद्रीय प्रतिनिधि
हालस्बेल्जियम,ब्रसेल्स
मिति: १४ अप्रिल २०१९

बोधार्थ
१- श्रीमान सभापति ज्यू, नेपाली कांग्रेस,केन्द्रीय समिति
केन्द्रीय कार्यालय,सानेपा
२- श्रीमान महामन्त्री ज्यू,
नेपाली कांग्रेस,केंद्रीय समिति, केंद्रीय कार्यालय,सानेपा
३- श्री सीता सापकोटा सभापति ,नेजसस बेल्जियम