१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मेडिकल कलेजले फिर्ता गरेनन् पैसा

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७६, मंगलवार ०२:४८

काठमाडौँ – त्रिभुवन र काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरूले विद्यार्थीबाट नियमविपरीत लिएको रकम फिर्ता गरेका छैनन् । कलेजहरूले अतिरिक्त शुल्क असुल्न छाडेका पनि छैनन् ।
आजको कान्तिपुर दैनिक लेख्छ–शिक्षा मन्त्रालयले गत चैत ७ गते सरोकारवालाको छलफलमा विद्यार्थीबाट लिएको रकम एक महिनाभित्र फिर्ता गर्ने सहमति भएको थियो । मन्त्रालयले त्यहीअनुसार मेडिकल कलेजहरूले लिएको बढी शुल्क फिर्ता गराउन विश्वविद्यालयलाई निर्देशन दिएको थियो ।

मन्त्रालयले विश्वविद्यालयका प्रतिनिधि, कलेज सञ्चालक, नेपाल मेडिकल काउन्सिल र मन्त्रालयको प्रतिनिधिको रोहबरमा शुल्क फिर्ताको अनुगमन गर्ने निर्णय पनि गरेको थियो । निर्णय भएको एक महिना हुन लाग्दा अनुगमन समिति पनि बनेको छैन ।