१२ बैशाख २०८१, बुधबार
Follow Us

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७६, मंगलवार ०९:३७

बारा–निजगढ नगरपालिका- ३ बस्ने ७५ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय धनबहादुर बल तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसो आफ्नै घरमा बसिरहेको अवस्थामा तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने जानकारी भए पश्चात ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।