११ बैशाख २०८१, मंगलवार
Follow Us

म्यानमारमा डुङ्गा दुर्घटना १४ को मृत्यु

नेपालब्रिटेन डट कम्
१ कार्तिक २०७३, सोमबार १६:४७

मध्य म्यानमारमा भएको एक डुङ्गा दुर्घटनामा १४ व्यक्तिको मृत्यु हुनको साथै दर्जनौ बेपत्ता भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।

सो डुङ्गामा विद्यार्थी, शिक्षक र केही कामदार सवार रहेका बताइएको छ । शनिबार बिहान सबेरै भएको यस दुर्घटनाबाट १५४ व्यक्तिलाई भने उद्धार गरिएको छ ।यानमारको मोनीवा सहरबाट ७२ किलोमिटर उत्तरमा पर्ने एक जलक्षेत्रमा सो दुर्घटना भएको थियो ।

सो डुङ्गामा २४० देखि २५० जनासम्म सवार रहेको अनुमान गरिएको छ । सो डुङ्गामा प्रायः विश्वविद्यालयका ७० देखि ८० जना विद्यार्थी करिब ३० जना शिक्षक केही चिकित्सकलयलगात र अन्य १०० भन्दा बढिबीच बाटोमा चढेका व्यक्ति रहेको जनाइएको छ ।

सो दुर्घटनाबाट बाँच्न सफल भएका २७ वर्षीय एक विद्यायलका शिक्षिकाले बौद्धधर्मावलम्बी मनाउने पर्वको आफ्–आफ्ना एक वर्षीय छोरा र श्रीमान्सँग पारवारिक यात्रा गरिरहेको बताएकी छिन् ।

दुर्घटनाको क्रममा आफ्ना छोराको मृत्यु भएको श्रीमान्को अवस्था अज्ञात रहेको पनि उनले जानकारी दिएकी छिन् ।

म्यानमारमा डुङ्गा यात्रामा सुरक्षाको कमी र क्षमता भन्दा बढी यात्रु डुङ्गामा सवार हुनुनै बारम्बार दुर्घटना हुृने गरेको अधिकारीको अनुमान रहेको छ ।

दुर्घटनापछि सो डुङ्गामा कार्यरत चारजना कर्मचारी कानुनी प्रक्रिया पूरा नगरेका आरोपमा पक्राउ परेका छन् । रासस