११ बैशाख २०८१, मंगलवार
Follow Us

स्कटल्याण्डको ग्लासगोमा नयाँ वर्ष कार्यक्रम, नेपाली स्कटिस सोसाइटी गठन

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७६, मंगलवार १२:४९

स्कटल्याण्ड। स्कटल्याण्ड ग्लासगोमा नेपाली स्कटिस सोसाइटीको आयोजनामा नयाँ वर्ष शुभकामना सांगीतिक साँझ सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नवकृष पञ्चकोटी, योगेश पराजुली ,कोकिला दाहाल, रबिन पञ्चकोटी लगायतले गीत, सांगीतिक धुनहरु प्रस्तुत गरेका थिए।

यस्तै बालबालिकाहरुले गीत र नृत्यले प्रस्तुत गर्दै नेपाल भ्रमण बर्ष २०२०मा नेपाल घुम्न जाउँ भन्ने सन्देश प्रवाह गरेका थिए ।

कार्यक्रममा बालमैत्री बिशेष कार्यक्रम र खेलको समेत आयोजना गरिएको थियो। उक्त अवसरमा प्रोफेसर केशव दाहाल, डा.केशव भट्टराई, डा.वरुणलाल कर्ण, डा.राम अधिकारी लगायतले शुभकामना सन्देश दिनु भएको थियो।कार्यक्रममा कृष्ण दाहालको संयोजन र सरोजा अर्यालको संचालन रहेको थियो।

सोही कार्यक्रममा नेपाली स्कटिस सोसाइटीको प्रारम्भिक समितिको चयन गरिएको छ। नविन पञ्चकोटीको संयोजकत्वमा गठन गरिएको समितिमा कृष्ण दाहाल,सरोजा अर्याल, उज्वल कार्की र सामिका सुनुवार रहेका छन् । संयोजक नविन पञ्चकोटीले चाडै कार्यसमितिको विस्तार गरी कार्यविभाजन गर्ने जानकारी दिए।
समितिले संस्थालाई च्यारिटीमा दर्ता गर्ने, स्थानीय काउन्सिलसँग सामाजिक विकासमा सहकार्य गर्ने, बालबालिकाहरूको अतिरिक्त क्रियाकलाप,नेपाली भाषा सँस्कृति को विकास गरी नेपाल र नेपाली समुदायको सर्वोपरी हितमा कार्य गर्ने लक्ष्य लिएको छ।