१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए जापानको अधिवेशन अगस्ट अन्तिम साता हुने

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७६, मंगलवार १४:१८

जापान। गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले नवौं राष्ट्रिय अधिवेशनलाई मध्यनजर गर्दै क्षेत्रीय अधिवेशन र नयाँ सदस्यता आह्रवानको लागि कार्यतालिका सार्वजनीक गरेको छ ।

राष्ट्रिय समवन्य परिषद् जापानले एक प्रेस विज्ञप्ति जारी गर्दे क्षेत्रीय समितिहरूको आधिवेशन, नयाँ सदस्यता आह्वान र नबौं अधिवेसन सम्वन्धि कार्यतालिका सार्वजनिक गरिएको महासचिव बुद्धिराज घिमिरेले डिसी नेपाललाई जानकारी दिए ।

सार्वजानिक कार्यतालिका यस्तो छ:

नयाँ सदस्यता–९२०१९-२०२१० कार्यकालको लागि हुनेछ।

सदस्यता शुल्क– ¥१,००० लाग्ने छ।

Global MIS System बाट सदस्य बन्नु पर्ने छ र सो System सम्वन्धि अप्रिलको अन्तमा पत्रकार सम्मेलन गरि जानकारी दिईने छ।

२०१९ अप्रिल देखि २०१९ जुन ०४ तारिख सम्ममा सदस्य बनिसक्नु पर्नेछ ।

२०१९जुन ०५ तारिक मा पहिलो चरणको सदस्यता नामावली प्रकाशन गरिने छ।

२०१९ जुन ०६ तारिख देखि २०१९ जुन ०८ तारिख सम्म सदस्यता सम्बन्धी दाबी विरोध गर्ने समय रहने छ ।

२०१९जुन १० तारिकमा अन्तिम नामावली प्रकाशन गरिने छ।

२०१९ जुन २५ तारिख सम्ममा एनआरएनए परिचय पत्र बितरण गरिने छ १

२०१९ जुलाई ०१ तारिक देखि २०१९ जुलाई २९ सम्ममा १४ क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ।

२०१९ अगष्टको अन्तसम्ममा राष्ट्रिय कमिटीको नवौँ अधिवेशन सम्पन्न गरिने छ।

सदस्यता फाराम भर्दा ध्यानदिनु पर्ने बुँदाहरू क्रमशः

१–एनआरएनए जापानको बैँक खाता (Jp 10010-52370361 カイガイザイジュウネパールジンカイ) मा ¥१००० संगै बैंक भौचर दाखिला गर्नुपर्ने छ।

२–सम्वन्धित सदस्यको फोटो ।

३–रेसिडेन्स कार्डको कपिए।

४–जापान प्रवेश गरेको मिति देखिने गरि पासपोर्टको कपि।

५–पहिलो पल्ट जापान प्रवेश गरेको १८२ (६ महीना) दिन पुगेको हुनु पर्ने छ।

६। सम्बन्धित सदस्यको मोबाइल नम्बर अनिवार्य हुनु पर्न छ।(मोवाईल नम्वरमा SMS मार्फत Varification code पठाउनु पर्ने भएकोले)

७। अन्य थप विवरण आवेदनमा माग भए बमोजिम भर्नु पर्ने छ।

नोट-: एनआरएनए जापान लाई स्वोघोषित लगाएत बिभिन्न शिर्षकमा बुझाउनु पर्ने शुल्क पटक पटक ताकेता गर्दा पनी नबुझाएर संस्थाको कालो सूचिमा सूचीकृत व्यक्तिको सदस्य रद्ध गरिने छ।