१२ बैशाख २०८१, बुधबार
Follow Us

सुनको टुक्रा भनि फलामको टुक्रा दिई १९ लाख लुटने चार जना पक्राउ

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७६, मंगलवार १६:२५

काठमाडौ-सुनको टुक्रा भनि फलामको टुक्रा दिई १९ लाख लुटने ४ जनालाई सुन्धाराबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-६ बस्ने ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रे चौरी देउराली गाउँपालिका-३ बस्नेहरु २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रविन श्रेष्ठ र १९ वर्षीय सुवास श्रेष्ठ रहेका छन् ।
काठमाडौ जिल्लाका विभिन्न स्थानमा सुनको टुक्रा भनि फलामको टुक्रा दिई ठगि गरेको भन्ने गुनासो आएको तथा राजेश विकले सामाखुसी रानिवारीमा पुस १२ गते आधा किलो सुन सस्तो भन्दै १९ लाख रुपैयाँमा खरिद गरेको समेत फलाम भेटिएपछि महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको विशेष टोलीले खोजी गर्ने क्रममा उनीहरुलाई उक्त कार्यमा प्रयोग हुँदै आएको वा.२ ज १८४१ नम्बरको ट्याक्सी सहित पक्राउ गरेको हो ।
उक्त ठगी गरेको रकम मध्ये पूर्णबहादुरले ९ लाख ५० हजार रुपैयाँ, चन्द्रबहादुरले ३ लाख ५० हजार रुपैया तथा प्रविन र सुवासले ३/३ लाख रुपैयाँ बाँडफाड गरी लिएको खुल्न आएको छ ।
निजहरुको साथबाट नगद ७० हजार रुपैयाँ नगद बरामद गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।