८ बैशाख २०८१, शनिबार
Follow Us

माल्टामा नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन गर्न समिति गठन

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७६, मंगलवार १६:४२

लण्डन–नेपालको पर्यटन प्रवर्द्धन गर्न र ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न माल्टामा पनि प्रवर्द्धन समिति गठन भएको छ ।

गणतन्त्र माल्टा समेत हेर्ने बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो ।

समितिमा गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको कार्यसमितिका सम्पूर्ण सदस्यहरु पदेन सदस्य रहनेगरी गठन गरिएको समितिमा गोविन्द खरेल संयोजक रहेका छन् । अन्य सदस्यहरुमा प्रकाश भण्डारी, शर्मिला बस्नेत, राजेन्द्र भण्डारी, रहरमान तामाङ, लक्ष्मण रोका, उषा घिमिरे, नरेश चौधरी, नहकुल गौतम, विकास गौतम, विन्देश्वरी सुवेदी र बेदुराम भण्डारी रहेका छन् ।

नेपाल भ्रमण बर्ष २०२० पर्यटन प्रवद्धन माल्टा समितिको सदस्य सचिबमा नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन रहेका छन् । उपनियोग प्रमुख आरन र दुतावासका सैनिक सहचरी कुमार बाबु थापाको माल्टा भ्रमणको अवसरमा प्रवर्द्धन समिति गठन गरिएको हो ।
उक्त अवसरमा गैरआवासीय नेपाली संघका कोषाध्यक्ष सोम सापकोटाको पनि उपस्थिति रहेको थियो ।