७ बैशाख २०८१, शुक्रबार
Follow Us

बालबालिकाहरुलाई विद्यालय भर्ना गराउन एनआरएनको सक्रियता

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७६, मंगलवार १६:४८

काठमाडौं– विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालय भर्ना गर्ने नेपाल सरकारको अभियानमा एभरेष्ट इन्टरनेशनल स्कूल जापानसँगको सहकार्यमा गैरआवासीय नेपाली संघ पनि सहभागी भएको छ ।

संघले सबै भन्दा धेरै बालबालिकाहरु बिद्यालय बाहिर रहेको प्रदेश नम्बर २ को महोत्तरी जिल्लको गौशाला नगरपालिकाको श्री त्रिभूवन मावि, रजखोरमा रहेको श्री जन्ता मावि र दलित बस्ती बेलगाछीमा अवस्थीत श्री बिरेन्द्र माविबाट सो अभियानको शुभारम्भ गरेको हो ।

संघले ५०० बालबालिकाहरुलाई नेपाल सरकारले तय गरेको मापदण्ड अनुसार बिद्यालय जान प्रेरित गर्न आवश्यक सामाग्रीहरु विद्यालय झोला एक थान, कपि ६ थान, एक दर्जन कलम, टिफिन बक्स, जुत्ता र मोजा दुई जोर, विद्यालय पोशाक दुई जोर र जाडोको लागी ट्राउजर, स्वीटर र टोपी एक थान उपलब्ध गराउनेछ । स्थानीयले भर्ना भन्दा पनि विद्यार्थीहरुलाई विद्यालयमा टिकाउन कठिन हुने औंल्याए ।

स्थानिय शिक्षक शिक्षिकाहरुबाट प्राप्त जानकारी अनुसार विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालयमा भर्ना गराउन जन्मदर्ता प्रमाणपत्रको अवश्यक्ता भएकोले पनि विद्यार्थी भर्नामा कमि आएको जानकारी गराए तर सो अवसरमा स्थानिय जनप्रतिनिधिहरुको रोहवरमा जन्मदर्ता गराई विद्यार्थी भर्ना गरिएको थियो ।

स्थानीय जनप्रतिनिधिहरुले एभरेष्ट इन्टरनेशनल स्कूल जापान र गैरआवासीय नेपाली संघलाई नेपाल सरकारको यस अभियानमा सहभागी भएकोमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस कार्यलाई लक्ष्य अनुसार सफलता हाशिल दिलाउन निरन्तर सहयोग र सहकार्यको आपेक्षा रहेको वताए ।
कार्यक्रममा प्रदेश संसद भरत शाह, जिल्ला शिक्षा निकायका प्रमुख शत्रुघन यादव, शिक्षा मन्त्रीका सचिवालयका प्रतिनिधिहरु शंकर महत्तो र रुद्र शुसलिङ्घ, गौशाला नगरपालिकाको मेयर शिवनाथ महत्तो, विद्यालयका शिक्षक शिक्षिका तथा अभिवाभक र संघका प्रवक्ता भूषण घिमिरे तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य कपिलदेब थापालगायतको उपस्थिति रहेको थियो ।