७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत्

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७६, मंगलवार १७:५३

काठमाडौँ–नेपाल आयल निगमले जनसाधारणको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भइरहेको भए पनि तत्कालका लागि पेट्रोलियम पदार्थको साबिकको मूल्यलाई यथावत् कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

यसअघि निगमले स्वचालित मूल्य प्रणालीका आधारमा १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको थियो ।
इण्डियन आयल कर्पोरेशन (आइओसी) ले आज निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा एक रुपैयाँ ४३ पैसा र डिजेलमा ७२ पैसा वृद्धि भएर आएको छ । आजको मितिमा पनि विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि नै भइरहेको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनले हरेक महीनाको १ र १६ तारिखका दिन निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाउने गरेको छ । सोही आधारमा निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको थियो । हाल उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० र डिजेलको मूल्य प्रतिलिटर ९७ रहेको छ ।