१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सञ्चारमन्त्री छाडेर काठमाडौं उडेको प्रकरणमा बोल्यो बुद्ध एयर

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७६, मंगलवार १८:१३

काठमाडौँ–मौसम खराबीका कारण सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भैरहवाबाट काठमाडौँ उडान छुटेको बुद्ध एयरले स्पष्ट पारेको छ ।

सञ्चारमन्त्री छुटेको समाचार सञ्चार माध्यममा छाएपछि बुद्ध एयरले आज विज्ञप्ति निकालेर ६८ यात्रुको संवेदनशिलतालाई मध्यनजर गर्दै उडान रोक्न नसकिएको जनाएको छ ।

काठमाडौँ–भैरहवाको उडान नं ८५७, उडान समय हिजो साँझ चार बजेको सट्टा काठमाडौँ विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका सात बजे भएको र अवतरण सात बजेर ३२ मिनेटमा भएको थियो । “मौसम खराबीको कारण जहाज तुरुन्तै काठमाडौँ फर्कनुपर्ने वाध्यता थियो । यदि अर्को ३०–३५ मिनेट कुर्नु परेको भए मौसमका कारण भैरहवामै रात्रि विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो, ६८ यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नु पथ्र्यो । सुरक्षित र सकभर समयमै उडान भर्नु हाम्रो पहिलो दायित्व हो”, विज्ञप्तिमा भनिएको छ ।