१३ बैशाख २०८१, बिहीबार
Follow Us

नटिङ्गममा नेपाली नयाँ वर्ष मनाइयो (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७६, मंगलवार २१:०९

लन्डन । नेपाली समाज नटिङ्गमले आयोजना गरेको नेपाली नयाँ बर्ष २०७६, शुभकामना आदान प्रदान कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।

सोमवार नटिङ्गममा आयोजित औपचारिक कार्यक्रमको अध्यक्षता कार्यवाहक अध्यक्ष दिपक सापकोटा, संचालक सचिव रविन्द्र शर्माले गरेका थिए । सांस्कृतिक कार्यक्रम संचालक कल्पना गुरूङ्ग , मोहन केसी डिजे लक्ष्मण भण्डारी, स्वागत भाषण महासचिव राम प्रसाद पन्थी प्रमुखअतिथि राजदूतासका द्धितिय सचिव लब सुवेदी विशेष अतिथि नटिङ्गम सिटी काउन्सिलका लर्ड मेयर लियगत अलीको उपस्थिति रहेको थियो ।

कार्यक्रम पार्न सिङ्गो नेपाली समाज नटिङ्गमको कार्यसमिति बिषेश गरी समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक एवम् कार्यवाहक अध्यक्ष दिपक सापकोटा, महासचिव राम प्रसाद पन्थी, रबीन्द्र शर्मा , कोषाध्यक्षद्धय दिपक ओझा , लोकनाथ अधिकारीले सक्रिय भूमिका निर्वाह गरेका थिए । ,
स्वादिष्ट भोजन गराउनु हुने समाजका सदस्य एवम् खेलकूद बिभागीय संयोजक गंगा ढकाल र वहॉको टिम , सांस्कृतिक विभागीय संयोजक तथा सदस्य लक्ष्मण भण्डारी , सम्पूर्ण कार्यसमितिका सदस्यहरू , निवर्तमान अध्यक्ष प्रवीण पाण्डेय, पूर्व अध्यक्ष तथा साझा नेपाली समाज युकेका उपाध्यक्ष बिष्णु चालिसे , पूर्व अध्यक्ष एवम् नरनए युकेका सचिव तारानाथ भण्डारी , पूर्व उपाध्यक्ष तथा साझा नेपाली समाज युकेका कोषाध्यक्ष कृष्ण खरेल, पूर्व उपाध्यक्ष शम्भु अर्याल , पूर्व महासचिव तथा गोल्कोट समाज युकेका महासचिव डिलाराम गौतम , समाजका संरक्षक लाल बहादुर थापाको सक्रियतामा कार्यक्रम सफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास बाट द्धितिय सचिव लब सुवेदी , नटिङ्गम सिटी काउन्सिलका लर्ड मेयर अली प्रति संस्थापक अध्यक्ष रण बहादुर केसीले आभार ब्यक्त गरेका थिए ।

हामी नेपालीहरू बिभिन्तन कारण विदेशिन बाध्प भएपनि हाम्रो मन नेपाल मैं भएको र एक पल्टको नेपाली सधैको नेपाली भन्ने ग़ैर आवासिय नेपाली संघले अघि सारेको नारालाई सार्थक बनाउन वेलायत स्थित नेपाली दूतावासले पनि नेपाल सरकारसंग पहल गर्न समेत केसीले अनुरोध गर्नु भएको थियो ।

प्रमुख अतिथि लव सुवेदीले नेपाली समाज नटिङ्गमले राजदूतावासलाई नयॉ वर्ष शुभकामना आदान प्रदान साझ कार्यक्रममा निमन्तणा दिई यस्तो भव्य सभ्य, अनुशासित र नेपाली कला संस्कृति झल्काउने संगितमय कार्यक्रममा उपस्थित हुन पाउदा गर्व महसुस गरेको बताए ।

नयॉ वर्षको शुभकामना दिदै नेपाली राजदूतावासको तर्फबाट र आफ्नो तर्फबाट नटिङ्गमवासी सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूमा सुख – समृद्धि, सु -स्वास्थ्य , दिर्घायु एवम् उत्तेरोत्तर प्रगति उन्नतिको हार्दिक शुभकामना ब्यक्त गर्दै नेपाली समाज नटिङ्गमलाई विशेष धन्यवाद दिए ।
उनले नेपाल भ्रमण वर्ष सफल बनाउन हरेक नेपालीले कमसेकम एक बेलायती नागरिकलाई नेपाल भ्रमण गराउन पहल गर्न अनुरोध गरे ।

विशेष अतिथि लर्ड मेयर अली ले नेपाली नया वर्षको शुभकामना दिनु भएको थियो । नटिङ्गमवासी नेपाली समुदाय संग मिलेर काम गर्ने र सिटी काउन्सिलको तर्फबाट नेपाली समाज नटिङ्गम लाई हरतरहकोसहयोग गर्ने बचन दिए ।

यसैगरी निवर्तमान अध्यक्ष प्रवीण पाण्डेय, पूर्व अध्यक्ष तथा साझा नेपाली समाज युकेका उपाध्यक्ष बिष्णु चालिसे , पूर्व अध्यक्ष एवम् नरनए युकेका सचिव तारानाथ भण्डारी ज्यू सबै ले उपस्थित सबै नेपाली दाजुभाई दिदीबहिनीहरूलाई नयाँ वर्षको शुभकामना दिदै सबैमा सुख – समृद्धि, सु -स्वास्थ्य , दिर्घायु एवम् प्रगति उन्नतिको हार्दिक शुभकामना ब्यक्त गरे ।

संस्थाका अध्यक्ष दिपक सापकोटाले कार्यक्रममा उपस्थित एवम नटिङ्सगमवासी सम्पूर्ण दाजुभाई दिदी बहिनीहरूमा नेपाली नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना दिदै कार्यक्रम सफल बनाउन खट्ने सबै कार्यसमितिका पदाधिकारी सदस्यहरू पूर्व मान्यवरहरू एवम् प्रमुखअतिथि, विशेष अतिथि तथा नटिङ्सगमवासी सम्पूर्ण दाजुभाई दिदी बहिनीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको अन्त गरे ।