१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनसेललाई बाँकी ३९ अर्ब ६ करोड तिर्न सात दिनको समय

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७६, बुधबार ०३:३९

काठमाडौं – ठूला करदाता कार्यालयले एनसेललाई थप ३९ अर्ब ६ करोड रुपैयाँ कर तिर्न ताकेता गरेको छ। कार्यालयले एनसेलको स्वामित्व बिक्रीमा तिर्नुपर्ने कर, शुल्क र ब्याजसहित थप ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार आठ सय १५ रुपैयाँ दाखिला गर्न सात दिनको समयावधि तोकी मंगलबार सूचना जारी गरेको छ।

कार्यालयले आयकर ऐन २०५८ बमोजिम एनसेलको कारोबारको कर निर्धारण गरेको आधारमा यसअघि तिरिसकेको रकमलाई कटाएर बाँकी कर तिर्न भनेको हो। एनसेलले नै पुँजीगत लाभकर तिर्नुपर्ने भनी सवोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ आएसँगै कार्यालयले बाँकी करका लागि ताकेता गरेको हो।
एनसेलले यसअघि नै पुँजीगत लाभकरका रुपमा २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार रुपैयाँ तिरिसकेको छ। योसँगै एनसेल खरिद–बिक्रीमा एनसेलले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ ७१ पैसा तिर्नुपर्ने भएको छ। नागरिक दैनिकमा खबर छ ।