१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वरिष्ठ पत्रकार पुस्करलाल श्रेष्ठको निधन

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७६, बुधबार १०:३६

काठमाडौं– वरिष्ठ पत्रकार एवम् कामना न्युज पव्लिकेशनका प्रधानसम्पादक पुस्करलाल श्रेष्ठको निधन भएको छ । श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार ११ बजे ४९ मिनेटमा निधन भएको पत्रकार इश्वरराज ढकालले जानकारी दिए ।
श्रेष्ठको पार्थिव शरीर आज साढे १२ बजेदेखि भूगोलस्थित निवासमा राखिने छ भने दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
उनी नेपालमा मनोरञ्जन पत्रकारिता सुरुवात गर्ने पहिलो पत्रकार रहेको बताइन्छ।