१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालमा कलंक चलेन

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७६, बुधबार १०:५०

आजबाट बिश्वका धेरै देशमा एकसाथ रिलिज भएको बलिउडको प्रतिक्षित फिल्म ‘कलंक’ नेपालमा भने रिलिज हुन सकेन । चलचित्र बिकाश बोर्डका कारण यो फिल्म नेपालमा रिलिज हुन नसकेको हो ।
शुक्रबार मात्र नयाँ फिल्म रिलिज हुने परिपार्टीलाई जोगाउन बिकाश बोडले यो फिल्म रोकेको हो । नेपालमा नयाँ फिल्म चाड पर्व बाहेकको समय शुक्रबार मात्र रिलिज गर्न पाइन्छ । अन्य समय आउने फिल्मलाई म रोक्छु केही अगाडि बोडका नव–नियुक्त अध्यक्ष केसव भट्टराईले भनेका थिए । सोही अनुरुप फिल्म ‘कलंक’ आज रोकिएको छ ।
अभिषेक वर्माको निर्देशन रहेको यो फिल्ममा २० वर्षपछि माधुरी दीक्षित र सञ्जय दत्तले स्क्रिन शेयर गरेका छन् । यी दुबैको अलवा आलिया भट्ट, वरुण धवन, सोनाक्षी सिन्हा र आदित्य रोय कपुरको पनि फिल्ममा अभिनय छ । मल्टिस्टार अभिनित यो फिल्मको पर्खाइमा ठूलो संख्यामा नेपाली दर्शक पनि रहेका थिए ।
‘कलंक’ नेपाल आउँदा गतशुक्रवार रिलिज भएका दुई नेपाली फिल्म ’यात्रा’ र ‘ए मेरो हजुर ३’को व्यापारमा ठूलो असर गर्ने पक्का थियो । नेपाली फिल्म जोगाउन ‘कलंक’ बुधवार प्रदर्शनमा रोक्नु पर्ने माग यी फिल्मका निर्माताले गर्दै आएका थिए ।
गतशुक्रबारबाट रिलिज भएका मध्य ‘यात्रा’ बोर्ड अध्यक्ष केसव भट्टराइले निर्माण गरेको फिल्म हो । आफ्नो फिल्मको ब्यवसायलाई असर गर्छ भनेर बलिउड फिल्म ‘कलंक’ रिलिज रोकेको अहिले रोप समेत लागेको छ । नेपाली फिल्म झै बलिउड फिल्म पनि शुक्रबार नै रिलिज गर्ने परम्परा बसाल्न ‘कलंक’ माथी आफुले रोक लगाएको बोर्ड अध्यक्ष भट्टराइले बताए । ‘नेपालमा चाड पर्व बाहेका अन्य समय शुक्रबार फिल्म रिलिजको परम्परा छ’ उनले भने ‘नेपाली फिल्मले यो परम्परा मान्ने ।बलिउडले किन नमान्ने ? ।’ ‘