११ बैशाख २०८१, मंगलवार
Follow Us

पेरुका पूर्वराष्ट्रपति पक्राउ परेपछि आत्महत्या

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७६, बुधबार १६:४६

लिमा– पेरुका पूर्वराष्ट्रपति अलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गरेका छन् ।

आफ्नै घरमा उनले बुधबार आफ्नै टाउकामा गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा आत्महत्या गरेको उनका वकिल र अस्पतालका अधिकारीहरुले जनाएका छन् ।
घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो । पोष्टमार्टम गर्दा उनको टाउकामा ठूलो घाउ देखिएको चिकित्सकहरुले जानकारी दिएका छन् ।