१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन लाप्राक नमुना बस्ती हस्तान्तरणमा ढिलाई

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७६, बुधबार १९:५३

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) लाप्राक नमुना बस्ती हस्तान्तरणको अप्रील महिनामा नहुने भएको छ । गैर आवासीय नेपाली संघले सञ्चालन गरेको गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन लाप्राक नमुना बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगे पनि प्राविधीक तथा सरकारी ढिलाइका कारण हस्तान्तरण कार्यक्रम रोकिने भएको हो ।

गत अक्टोवर महिनाको ‘एनआरएन डे’ मा हस्तान्तरण गर्ने भनिए पनि निर्माण कार्य सम्पन्न नभएपछि पछि सारिएको थियो ।
गतसाता संघका अध्यक्ष भवन भट्ट सहितको टोलीले लाप्राकबस्तीको निरिक्षण गरेको थियो । निरिक्षण पछि संघका कार्यकारी निर्देशक हेमन्त दवाडीले संघको केन्द्रिय कार्यसमितिलाई एक पत्र लेख्दै तत्तकाल लाप्राक हस्तान्तरणको सम्भवना कम रहेको बताउँदै हस्तान्तरण मिति पछि सार्न सिफारीस गरेका छन् ।

यसै बीच सो बस्ती हस्तान्त्ररणको लागि राष्टिपति विद्या देवी भण्डारीलाई लैजाने संघको योजना भए पछि राष्ट्पिति कार्यालयले कुनै जवाफ नदिए पछि सो प्रकृया अन्योलमा परेको हो ।
एनआरएनको काठमाडौंमा सम्पन्न फेस टू फेस बैठकले २०७६ बैशाख १२ गते लाप्राक नमुना बस्ती हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

एनआरएनले यसअघि आइसिसीको बैठक नै बसी हस्तान्तरणको मिति तय गरेको यही बैशाख १२ को अन्तिम तयारीमा एनआरएनए जुटेको थियो ।