४ बैशाख २०८१, मंगलवार
Follow Us

हाम्रो नेपाली समाज वेष्टमिडल्याण्डको नयाँ वर्ष भव्य (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७६, बुधबार २१:५२

लण्डन । हाम्रो नेपाली समाज बेष्टमिडल्याण्डले नेपाली नयाँ वर्ष शुभकामना कार्यक्रम भव्य रुपमा मनाएको छ । सोमवार वेष्टमिडल्याण्डमा आयोजित कार्यक्रमको उद्धघाटन बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी र स्थानिय मेयर फिलिप पेजले पानसमा बत्ती बालेर गरेका थिए ।
संस्थाका अध्यक्ष शिव खेरलको अध्यक्षतामा भएको कार्यक्रममा कलाकारहरु दिपासा बिसी, मदन परियार, सुमितामी परियार लगायतले आआफ्नो प्रस्तुती दिए । कार्यक्रममा स्थानियका काउन्सिलर, लगायत एनआरएन अभियानका अग्रज कृष्ण तिमिल्सीना, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामी, एनआरएन युकेका उपाध्यक्ष प्रेम गाहा मगर, दधी आचार्य, चन्द्र शाहनी, महेश अधिकारी, कुलेश्वर ढकाल, निर्पेश उप्रेति, गुरु भण्डारी, राम लगामी लगायतले नयाँ वर्षको अवसरमा शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गंगाधर गौतम, पुर्वअध्यक्ष मिलन सापकोटा, निर्वतमान अध्यक्ष कृष्ण शर्मा, उपाध्यक्ष गोमा पौडेल, महासचिव डा. कृष्ण सापकोटा, सचिव भिम शर्मा, कोषाध्यक्ष रामचन्द्र सुवेदी, सहकोषाध्यक्ष तेज खत्री लगायतको उपस्थिती थियो ।
कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुमा संस्थाका अध्यक्ष शिव खरेलले हार्दिक आभार व्यक्त गर्दै शुभकामना मन्तव्य दिएका थिए । नेपाली समुदायतको बाक्लो उपस्थिती रहेको कार्यक्रमको संचालन महासचिव डा. कृष्ण सापकोटाले गरेका थिए ।