१३ बैशाख २०८१, बिहीबार
Follow Us

क्यानाडामा ‘एनआरएन डे’ मनाइंदै

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०७३, मंगलवार ०७:३९

प्रवासी नेपालीहरुको साझा संघठन ‘एनआरएन’ स्थापना दिवसको अवसर पारेर एनआरएन क्यानाडाले यही अक्टोबर २२ मा बिशेष कार्यक्रम बिच ‘एनआरएन डे’ मनाउने भएको छ ।

टोरोन्टो,मिसिसागास्थीत गोर्खा प्यालेस हुने कार्यक्रममा क्यानाडामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, राजदुत , खेलाडी, कलाकार,पत्रकार लगायतलाई आमन्त्रण गरिएको कार्यक्रम संयोजक तुला भट्टचनले बताए । ‘सांस्कृतिक कार्यक्रम संगै संसारभर छरिदै गएको नेपालीहरुको साझा संस्था एनआरएनको महत्व र आवश्यकताका बिषयमा बहस गरिनेछ । ‘ उनले भने ।

पछील्लो समय एनआरएनको प्रवाभकारीता संयन्त्र संसारभर छारिदै जांदा यसको महत्व बड्दो छ । नेपालीहरुको मुख्य पर्व दशै तिहारको अवसर पारेर आयोजना गर्न लागिएको यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिदै जाने आयोजकले बताए ।