६ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेसमा भागबन्डा : विभागमा पनि साठी–चालीस

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७६, बिहीबार ०३:३०

काठमाडौँ — कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिपछि विभागसमेत साठी र चालिस प्रतिशतको भागबन्डाका आधारमा गठन गर्ने तयारी गरेको छ ।

सभापति शेरबहादुर देउवाले आन्तरिक शक्ति सन्तुलन मिलाउन २८ मध्ये वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ११ वटा विभाग दिने प्रस्ताव गरेका छन् । पौडेल पक्षसँग सहमति जुटाउन देउवाले उपसभापति विमलेन्द्र निधिलाई जिम्मा दिएका छन् ।

पार्टीभित्र तेस्रो समूहको नेतृत्व गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भनेआफ्नो हिस्साबाटै समेट्ने देउवाको तयारी छ । केन्द्रीय कार्यसम्पादन समितिमा ६०/४० भागबन्डा भएपछि सिटौलालाई कसले समेट्ने भन्ने विवाद थियो । कान्तिपुर दैनिकमा खबर छ ।