१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भिजिट भिषामा इराक, १० हजार डलरमा बेचिन्छन् नेपाली युवती

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७६, बिहीबार ०६:२७

सन् २००४ मा १२ जना नेपालीलाई जोर्डन लैजाने भन्दै दलालले इराक ल्याए । दलालको फन्दामा पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले विभत्स हत्या गर्यो ।
सोही घटना पछि नेपाल सरकारले इराक जान लगाएको प्रतिवबन्ध अहिलेसम्म फुकुवा गरेको छ्रैन । इराकमै रहेर काम गर्दै आएका करिव ५० हजार भन्दा बढी नेपाली युवा–युवती कामदारलाई भने काम गर्ने अनुमति दिएको छ । अमेरिकी सेन्ट्रल कमान्डले विस २०६८ अघि आफ्ना नागरिकलाई प्रतिवन्ध लगाएका देशका कामदार फिर्ता गर्न भनेपछि त्यहाँ कार्यरतलाई नेपाल सरकारले अनुमति दिएको हो ।
सरकारले प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटोबाट इराक जाने कामदारको संख्या धेरै रहेको वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने व्यवसायीले बताउदै आएका छन् । इराकमा विभिन्न ठाँउमा छरिएका अमेरिकी बेस क्याम्पहरुमा नेपाली सुरक्षा गार्ड, कुक, वेटर, चालक, सिकर्मी, साधारण कामदार, कार्यालय सहायक तथा सुचना प्रवधि सम्बन्धि प्राविधिक कार्यालयमा नेपालीहरु काम गदै आएका छन् ।
इराकको प्रान्तिय क्षेत्रहरुमध्ये कुर्दिस्तान एक यस्तो क्षेत्र हो । अहिले यस क्षेत्रमा मात्रै नेपालीको सख्यां २० हजार हाराहारीमा रहेको प्रवासी नेपाली समाजले जनाएको छ । कुर्दिस्तान सहरका विभिन्न सहरहरूमा नेपाली एजेन्ट (दलाल)को विगविगि छ । इराकको बिशेषगरी ईर्विल सहरमा दलालको विगविगि रहेको हो । रोजगारीको शिलशिलामा दलालको फन्दामा परि यहाँ आउने नेपाली युवा–युवतीको सख्यां बढ्दो क्रममा छ ।
हाल, नेपाल सरकारले अफगानिस्तान, लिबिया, इराक र सिरियाको श्रम स्वीकृति रोकेको भएपनि दलालको प्रभोलनमा परि दैनिक १०÷१५ जनाका दरले इराक आउने गरेका छन् । उनीहरूलाई भारत, दुवई तथा तेस्रो मुलुक हुदैँ दलालले इराक ल्याउने गर्छन् ।
ईर्विल सहरमा अहिले बक्तेयारि, अङ्कावा, दोसाइट, सुखसैतान लगायतका स्थानमा प्रत्येक घरमा कम्तिमा पनि १०÷१५ जना बेरोजगार युवाहरूको रहेका छन् । उनीहरूलाई दललाले ५०० अमेरेकि डलरभन्दा बढि कमाई हुन्छ भन्दै फकाएर यहाँ ल्याएको र करिव ५÷६ महिनासम्म पनि अकमा (रेडिसेन्स कार्ड) नबेकाले उनीहरु बेरोजगारु भएको समाजले जनाएको छ ।
नेपालीहरू भन्छन्– भिजिट भिषा बन्द गरौँ
इराकमा रहेको नेपालीहरू भने नेपाल सरकारलाई भिजिट भिषा बन्द गर्न आग्रह गरेका छन् । दलालले विभिन्न प्रभोलन देखाइ इराक ल्याउने क्रम नरोकिएपछि इराकमा श्रमिकहरूको पक्षमा बोल्दै आएको एक संस्थाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले सरकारलाई भिजिट भिषा बन्द गर्न आग्रह गरेका हुन् ।
सरकारले असुरक्षित देशमा जाने कामदारका विषयमा ती देशसँग कानुनी परामर्श लिनुपर्ने भएकाले केही समय भिषा स्थगित गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । व्यक्तिगत भिसामा अफगानिस्तान, लिबिया, इराक र सिरिया जाने कामदारको संख्या बढदै गएपछि ती देशसँग छलफल र सम्वाद गरेर मात्र श्रम स्वीकृति जारी गरिने श्रम मन्त्रालयले जनाएको हो ।
गल्ली–गल्लीमा भटिन्छन्– नेपाली दलाल
इराकको हरेक गल्ली–गल्लिमा नेपाली दलालहरू भेटिन्छन् । उनीहरू खासै रोजगारपनि गर्दैन् । उनीहरूको काम नै नेपालबाट विभिन्न वहानामा इराक ल्याउने र उनीहरूलाई रोजगारमा लगाउने प्रभोलन देखाई यहाँ ल्याउने भएतापनि कुर्दीस्तान सरकारको नियम हेरफेरले समस्यामा परेका छन् । केहि समय नेपालीहरूका लागी भिजिट भिषा बन्द गरेको कुर्दिस्तान सरकारले अहिले भिषा खोलेपछि फेरी नेपाली दलालहरू सक्रिय भएका हुन् ।
इराकको कुर्दितान सहरहरू मध्येको एक र्इ्र्विलमा मात्रै कम्तिमा पनि २ हजार दलाल रहेको बताइन्छ । उनीहरू प्रायको काम नै नेपालीहरूलाई ठग्ने हो । कसैलाई काम लगाउने र उनीहरूबाट केहि रकम कमिसन भन्दै लिने समुह पनि ठुलै रहेको छ ।
दलाले अहिले नयाँ–नयाँ तरिका अपनाउदै आएका छन् । अहिले उनीहरूले सिधै कम्पनीमा ल्याउने गरी नयाँ कमाउने निति लिएका छन् । उनीहरूले नेपालबाट ५ सय डलरभन्दा बढी कमाइ हुन्छ भन्दै यहाँ ल्याएता पनि सिधै कम्पनीमा हालिदिन्छन् । नेपालबाट यहाँ आउन कम्तीमा पनि हाराहारी ४ हजार डलर (४ लाख ५० हजार नेपाली रूपैया) एक व्यक्तmीबाट लिनछन् ।
किन दलालको रोजाईमा पर्याे इराक
सरकारले रोजगारको लागी नयाँ नयाँ गतव्य खोजीरहेको भएपनि दलालले भने सन् २०१० बाट यहाँ मान्छे ल्याउने काम थालेका हुन् । २००४ मा १२ जना नेपालीको सुन्नी आन्ना समुहले हत्या गरेपछि सरकारले असुरक्षित देश भन्दै अहिलेसम्म भिषा बन्द गरेको भएतापनि दलालले राम्रो कमाई हुन्छ भन्दै ठग्दै आईरहेका छन् ।
सामान्यतया, ७ दिनदेखि १५ दिनभित्र ४ लाख पैसा दिएपछि दलालहरु मनग्य पैसा कमाउने आशामा नेपाली युवा–युवतीहरु इराकमा ल्याउने गर्छन्। इराक आउनका नेपाल सरकारले गैरकानुनी भनी श्रम तथा भिषा पनि बन्द गरेको भएपनि हाल इराकमा करिब ५० हजार नेपालीहरु रहेको पाईन्छ ।
इराकको कुर्दिस्तान, दोहक, सुलेमानी, बग्दाद लगायतका सहरमा नेपाली दलालहरुले अमेरिकी डलर ६ सय भन्दा बढि कमाईहुने भन्दै झुट्टो आश्वसन दिदैँ नेपालीहरुलाई नै फस्साउदै आएका छन् । हाल, नयाँ गतव्यका रुपमा दलालहरुले इराकको बग्दाद सहरलाई नेपाली दलालहरको नयाँ गतव्यका रुपमा स्थाथित गदै आएका छन् ।
कसरी आउँछन् नेपालीहरु इराकमा !
सामान्यतया, १ हप्तामा सयुक्त अरब इमिरेट (दुबई)को भिषा हात लाग्छ । २८ दिनकोे भिषा लगाएर नेपालीहरु करिब एक हप्ताको आउने–जाने टिकट सहित दुवई आउछन् । दुवई आउँदा नै उनीहरुसँग इराकको भिषा साथमा हुन्छ ।
इराक आउनका लागी नेपालमा नै सक्रिय रुपमा रहेका ट्राभल एजेन्टहरुको फन्दामा परि राम्रो तलब पाउने आशामा दलालले भनेको जति पैसा (४ हजार डलर) तिरेर उनीहरु दुवई आउछन् । दुवई आएपछि ट्राभल एजेन्टको सम्पर्कमा रहेका ब्यतmीहरुले उनीहरुलाई इराकको भिषा, टिकट लगाएतका डकुमेन्टहरु इराक आउनेलाई दिन्छन् । तर, प्राय नेपालको विमानस्थल प्रयोग गदै दुवई आउनेको साथमा भने इराक आउनका लागि आबश्यक पर्ने डकुमेन्टहरु उनीहरुले साथमा नै ल्याउने गर्छन् ।
दुवईको खास गरि सारजाह विमानस्थलमा उनीहरुको ट्राजिन्ट विन्दु हुने गर्छ । सारजाह विमानस्थलमा आएपछि भिषा र टिकट हुनेहरु इराक आउछन् । साथमा ट्राभल भिषा र टिकट नहुनेहरु केहि समय दुवईको सारजाह एरियाका विभिन्न क्याममा नेपाली एजेन्टहरुले राख्ने गर्छन् ।
कस्तो छ इराकमा
नेपाली दलालहरुले इराकका विभिन्न शहरहरुमा राम्रो तलवको आशा देखाउदै नेपालीहरुलाई यहाँ ल्याउने गर्छन् । तर, यहाँ दलालले भनेको जस्तो पाउन मुस्किल छ । राम्रो तलव पाउने आशामा २ बर्ष अगि इराक आएका सिन्धुपाल्चोकका राम तामाङ अहिले अकमा (अस्थायी परिचय–पत्र) नविकरण नहुदाँ समस्यामा परेका छन् ।
भन्छन् ‘दलालले राम्रो तलव हुन्छ भनेर विश्वास दिलायो, दलालको विश्वास मान्दै यहाँ आए, यहाँ आएको २ महिनामा दलालले बेपत्ता भयो, पछि गाउँको साथीहरुको सहयोगमा अकमा त भन्यो तर भनेको जस्तो तलव पाउन सकिन् । दलालले भनेको जस्तो तलव नपाएपनि ४ सय डलरको काम भने पाए ।’ उनले गुनासो गरे ।
इराकको सुलेमानी, ईरर्विल, दोहक शहरमा नेपालीहरु बाक्लो मात्रामा रहेका छन् । उनीहरु आफ्नो ब्यवसाय मात्रै गरेका छैनन् । प्राय, नेपालीहरु अहिले तरकारी खेति, तरकारी पसल, मासु पसल, होटल तथा रेष्टुरेन्ट लगायतका व्यबसायहरु गदै आएका छन् ।
१० हजार डलरमा बेचिनछन् नेपाली युवती
इराकमा प्राय सिन्धुपाल्चोक, धादिङ, नुवाकोटका युवतीहरु धेरै छन् । उनीहरु गैरकानुनी बाटो हुदै इराक आएका हुन् । उनीहरु श्रीलङ्का, भारतका विभिन्न सहर हुदै यहाँ आएका हुन् । इराकका विभिन्न सहरमा आएपछि उनीहरुलाई नेपाली दलालले इराकी नागरकिलाई ५ हजार अमेरिकी डलर देखि १० हजार अमेरिकी डलरमा बेच्दै आएका छन् ।
रोजगारीका लागि गैरकानुनी बाटो हुदै इराकको बगदादमा ४ बर्ष घरमा काम गरि हाल ईरर्विलमा बस्दै आएकी नुवाकोटकी परि तामाङ (नाम परिर्वतन) लाई दलालले ७ हजार डलरमा बेच्यो । उनी ४ बर्षसम्म घरमा काम गरिन् । घरमा काम गर्दा गदै दोलखाका रामकुमार तामाङसँग बाक्लो कुराकनी हुदै आयो । पछि रामकुमारले उनलाई ३ हजार अमेरिकी डलर घर मालिक (कपिल) लाई दिएपछि उनी बाहिर आउन सकिन् ।
अहिले इराकको ईरर्विल, सुलेमानी, दोहक लगायतका क्षेत्रमा नेपाली युवतीरु प्राय भारतिय, बागालादेश, नेपाली लगायातका युवाहरुसँग लिभिङ टुगेरमा बस्छन् । उनीहरु प्राय घरबाट बाहिर निस्किए पछि यसरी अन्य देश तथा नेपालीहरुसँग बस्दै आएका छन् ।
दलालको फन्दामा परि नआउनु होला इराकमा
बैदेशीक रोजगारकिा लागि नेपालीहरु विश्वका विभिन्न सहरमा आफ्नो गतव्य बनाउदै आएका छन् । पछिल्लो ५ बर्षमा मात्रै इराकमा करिब ३० हजार नेपाली इराकमा आएको यहाँ सक्रिय रुपमा कार्यारत संस्थाहरुले दावी गदै आएका छन् ।
सिरियामा भएको द्धन्द्धका कारण प्राय सिरियनहरु इराक आएपछि नेपालीहरुको रोजगारी गुमेको छ । सिरियनहरु प्राय ३–४ सय डलरमा काम गर्छन् । १ हजार डलरमा काम गदै आएका नेपालीहरु सिरियाको द्धन्द्धका कारण अहिले ३–४ सय डलरमा काम गर्न बाध्य छन् ।
नेपालमा हुने र इराकमा ल्याउने नेपाली दलालले तपाईलाई ६ सय अमेरिकी डलर भन्दा बढि तलव हुन्छ भन्दै यहाँ ल्याउछन्, तर ३ महिना देखि १५ महिनासम्म काम नगरि कोठामा नै सुत्दै आएका नेपालीहरु अहिले करिव १५ हजार भन्दा बढि रहेको दावी गरिएको छ । राम्रो तलव, राम्रो हावापानी देखि यहाँ डलर पाउछं भनेपछि प्राय नेपालीहरु यहाँ आउन सक्ने गरी दलाललाई विश्वास गरि आउछन, तर यहाँ आएपछि उनीहरुबाट हुने व्यबयाहारबाट मात्र थाहा पाउछन् ।
सोचे जस्तो छैन इराकमा
तपाई रोजगारीका लागि इराक आउन लाग्नुभएको छ भने, सबैभन्दा पहिला यहाँको केहि कुरा थापा पाउनुपर्ने हुन्छ । पहिलो, तपाईलाई अंग्रेजी राम्रोसँग बोल्न जान्नु पर्छ, या अरेविक भाषामा राम्रो ज्ञान भएको हुनुपर्छ ।
तर, तपाइले अरेविक भाषा बोल्न जान्दैमा तपाईलाई सहज हुने छैन । किनकी यहाँका प्राय मान्छेहरु कुर्दि भाषा बोल्ने गर्छन् । यो भाषा अरेबिक भाषा भन्दा भिन्न खालको छ । जस्तोक कि नेपाली र कुर्दि भाषा एकै किसिमको भएपनि बोलाई र बुछाई निकै नै भिन्न खालको छ ।
द्रोसो, इराकको ईरर्विल भित्रको कुर्दिस्तान क्रियश्नहरको बाक्लो बस्ती छ । यहाँ दुइवटा एरिया छ । पहिलो क्रियश्नहरुको बाक्लो बस्ति भएको र आर्को, मुस्लिमहरको बस्ति भएको एरिया । यहाँको सबैभन्दा राम्रो पक्ष भनेको ट्याक्सी डाईभर हुन् । यहाँ ट्याक्सी चलाउनका लागि कुर्दिहरु बाहेक अरुलाई अनुमति छैन् । तपाई कतै जानुपर्यो भने तपाई ट्याक्सी डाईभरसँग कुरा गर्न सक्नुहुन्छ । प्राय ५ किलोमिटरको भागमा ५ हजार कुर्दी डिनार भन्यो भने तपाइ उसलाई ३ हजार भन्नुभयो भने उसले सहजै मान्छ ।
आर्को कुरा भनेको बिश्वको सबैभन्दा कम मुल्यको पैसा भनेको यहाँको हो । १ सय नेपाली रुपैयाको इराकको १ हजार डिनार हुन्छ । तर, यहाँ अमेरिकी डलर बढि चल्छ । त्यसैले कुनैपनि दलालको फन्दामा परि यहा आउने प्राय पछि समस्यामा परेका हुन्छन् । पहिलो त यहाँ आउनका लागि नेपाल सरकारले अनुमति दिएको छैन । द्रोसो, यहाँ कुनै पनि यहाँ कुनैपनि कुटनितिक नियोग छैन । त्यसैले, यहाँ आएपछि समस्यामा परेमा यहाँ समाजिक क्षेत्रमा काम गदै आएका समाज संस्थाहरुको पहलमा तपाई उद्धार त गर्न सकिन्छ तर भनेको जस्तो सजिलो छैन ।