१३ बैशाख २०८१, बिहीबार
Follow Us

शान्ति नेपाली समाज बेलायतको नयाँ वर्ष कार्यक्रममा झुमे नेपाली (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७६, बिहीबार ०७:२४

लण्डन । शान्ति नेपाली समाज बेलायतले नयाँ वर्ष २०७६ को अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक साँझ कार्यक्रम गरेको छ ।
समाजका अध्यक्ष लिला बहादुर थापाको अध्यक्षतामा अप्रिल १५ तारिकका दिन गरिएको उक्त कार्यक्रममा राजदुत डा दुर्गा बहादुर सुबेदी प्रमुख अतिथि थिए भने विशेष अतिथि एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत सुबेदीले शान्ति नेपाली समाज बेलायतले नेपाली र नेपालको पहिचान राख्न खेलेको भूमिकाको प्रशंशा गरे ।
यस्तै एनआरएन यूकेका अध्यक्ष फगामीले शान्ति नेपाली समाजले गर्ने आगामी कार्यक्रममा सधै सहयोग र सदभाव रहने बताए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष कोश्लेस्वोर ढकाल, सेफ एसोसियन यूकेका अध्यक्ष दधि आचार्य ,गल्कोट समाज यूकेका उपाध्यक्ष तुलक रेग्मी ,मनकामना महिला समूह वेस्ट ब्रोम्विचकी अध्यक्ष राधा खरेल ,सिर्जनशील महिला समूहकी प्रतिनिधि कोपिला अधिकारी लगायत विभिन्न संघ संस्था बाट आमन्त्रित प्रतिनिधि हरुले पनि शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरु राजन राज सिवाकोटी र निलम नेवारसहित स्थानीय कलाकार समेतको प्रस्तुती रहेको समाजकी प्रवक्ता अन्जु पाठकले जानकारी दिइन् ।
कार्यक्रममा विभिन्न संघ संस्था प्रतिनिधि लगायत ६०० भन्दा बढीको उपस्थिति रहेको थियो ।