१६ चैत्र २०८०, शुक्रबार
Follow Us

स्वास्थ्यमन्त्री थापा म्याग्दी जिल्ला अस्पतालमा

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०७३, मंगलवार ०७:४२

नमुना म्याग्दी जिल्ला अस्पताल

2016-10-18 12:10

बेनी(म्याग्दी), २ कात्तिक । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सीमित साधन र स्रोत भए तापनि म्याग्दी जिल्ला अस्पतालले समुदायको सहयोगका कारण नेपालका अरु जिल्ला अस्पतालभन्दा उत्कृष्ट सेवा प्रवाह गरेको बताउनुभएको छ ।

अस्पतालको अनुगमन भ्रमणका क्रममा आज सदरमुकाम बेनी आउनुभएका मन्त्री थापाले नेपालका अरु जिल्ला अस्पताललाई म्याग्दी जिल्ला अस्पताल जस्तै सहज उपचार सेवा प्रदान गर्नसक्ने प्रविधि र चिकित्सकयुक्त अस्पताल बनाउन आवश्यक भएकामा जोड दिनुभयो ।

सरकारी सुविधा र बजेटका अतिरिक्त स्थानीय र विदेशमा रहेका म्याग्देलीको सहयोगले तीन वर्षयता म्याग्दी अस्पतालमा सुविधायुक्त पूर्वाधार निर्माण भएका छन् । पन्ध्र शय्याको सो अस्पतालले हालै ५० शय्याको स्वीकृति पाएको छ । रासस