१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आठौं राष्ट्रिय खेलकूदको उद्घाटन समारोहमा एनआरएनको मार्चपास

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७६, बिहीबार १७:३७

काठमाडौं–नेपालगञ्ज रङ्गशालामा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा गैरआवासिय नेपाली संघ (एनआरएन) का खेलाडीले मार्चपास गरेको गरेका छन् ।
बिहीबार साँझ आयोजित उद्घाटन समारोहका क्रममा आयोजित मार्चपासमा एनआरएनका खेलाडीहरुले एनआरएनको झण्डासहित मार्चपास गरेका थिए । सो क्रममा एनआरएनका महासचिव बद्री केसीलगायतको पनि सहभागिता रहेको थियो ।
जारी खेलकूदमा एनआरएनले ४ वटा मेडल हात पारेको छ, जसमा एउटा स्वर्ण, २ वटा रजत र एउटा कास्य पदक हात पारेको छ। प्रतियोगितामा एनआरएनका २४ खेलाडीको सहभागिता रहेको छ ।
यसअघि देखिनै खेलकूद सुरु भएपनि आजमात्रै उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकूदको विकास र खेलाडीको आवश्यकतालाई पूरा गर्न स्थानीय तहदेखि नै विशेष पहल गरिनुपर्ने बताइन् ।
उनले सुविधासम्पन्न खेलकूदका पूर्वाधार विकास र विस्तार गर्नुपर्नेमा पनि जोड दिइन् ।