१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोरखा नगरपालिका र बेलायतको ग्रेटर रसमोर काउन्सिलबीच भगिनी सम्बन्ध स्थापना हुँदै

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७६, शुक्रबार १३:५५

लण्डन – गोरखा नगरपालिका र बेलायतको ग्रेटर रसमोर नगर काउन्सिलबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ । भगिनी सम्बन्ध स्थापनाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमति दिएको छ ।
मन्त्रालयको विकास सहायक समन्वय शाखाका अनुसार भगिनी सम्झौता स्थापनाको सम्झौतामा उल्लिखित विषयमा असर नपर्ने गरी सहमति प्रदान गरिएको हो । जुन निर्णय मन्त्री लालबाबु पण्डितको अध्यक्षतामा गत चैत २९ गते बसेको बैठकले निर्णय गरेको समन्वय शाखाका शाखा अधिकृत लिला राज काफ्लेले प्रेषित गरेको सहमति पत्रमा उल्लेख छ ।
नेपालका लागि बेलायती राजदूत डा दुर्गाबहादुर सुवेदी र ग्रेटर रसमोर नेपाली समाजका अध्यक्ष जीव बेल्बासेको विशेष पहलमा यो भगिनी सम्बन्ध स्थापना हुन लागेको हो । मन्त्रालयको सहमतिसँगै छिट्टै सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।