१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अज्ञात समुहले गाडी जलायो

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७६, शुक्रबार १४:४६

दाङमा अज्ञात समुहले हाईस गाडिमा आगजनि गरेको छ ।
बिहिवार राति तुलसिपुर अमिलिया सडकखण्डमा बा३ ख ८५९३ नम्बरको गाडिमा आगजनि भएको ईलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ ।
बिग्रिएर जगलमा रोकिराखेको सो गाडिमा अज्ञात समुहले आगजनि गरेको खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगेको थियोे ।यता ईलाका प्रहरी कार्यालयका प्रमुख प्रेमबहादुर शाहिले गाडिमा आगजनि गर्ने समुहको खोजिकार्य भैरहेको जानकारी दिएका छन् ।