१३ बैशाख २०८१, बिहीबार
Follow Us

स्थापना दिवसको अवसरमा नेविसङ्घको ‘खुला बहस’

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७६, शुक्रबार १५:४८

काठमाडौँ– नेपाल विद्यार्थी सङ्घले स्थापना दिवसका अवसरमा ‘खुला बहस कार्यक्रम’ सञ्चालन गरेको छ । नेविसङ्घले आज आफ्नो स्वर्ण जयन्तीका अवसरमा ‘वर्तमान परिस्थिति र नेपाल विद्यार्थी सङ्घको भूमिका’ विषयक खुला बहस सञ्चालन गरेको हो ।

कार्यक्रममा नेविसङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले गौरवमय इतिहास भएको नेविसङ्घ अहिले कमजोर अवस्थामा पुगेकाले अब गाउँगाउँसम्म नेविसङ्घको सङ्गठन विस्तार गर्नुपर्ने बेला आएको बताए ।

उनले नेविसङ्घलाई पुरानै अवस्थामा लैजानका लागि सबै विद्यार्थी एकजुट हुनुपर्ने बेला आएको बताए ।

निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले खुला बहस कार्यक्रमलाई देशभर लैजाने बताए । खुला बहसमार्फत नेविसङ्घका नेता कार्यकर्तालाई सङ्गठनप्रति जिम्मेवार बनाउन तथा स्थानीय तहमा रहेका सङ्गठनका प्रतिनिधिलाई चलायमान बनाउने उनको भनाइ थियो ।

निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले काङ्ग्रेस कमजोर हुँदा मुलुकमा अस्थिरता आएको भन्दै काङ्ग्रेसलाई बलियो बनाउन नेविसङ्घलाई बलियो बनाउनुपर्ने बेला आएको बताए ।