८ बैशाख २०८१, शनिबार
Follow Us

मोटी महिलाले आकर्षक देखिन कस्तो पोसाक लगाउने ?

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७६, शुक्रबार १८:४४

मोटो मान्छेलाई कुनै पनि पार्टीमा जानुपरे पहिलो चिन्ता ड्रेसकै हुन्छ । प्रायः मोटो शरीर भएका महिलाको एउटै गुनासो छ कि सारी सधैँ लगाइन्छ, कहिलेकाहीँ फरक ड्रेसअप पनि गरौँ न । विशेष गरेर ३० वर्षभन्दा माथिका महिला विवाहित र बच्चाबच्ची भइसकेको हुने हुनाले शरीर केही भद्दा हुनु स्वाभाविकै पनि हो । उनीहरूले अविवाहित युवतीले जस्तो पहिरन छान्न गाह्रो हुन्छ । त्यसैले यस्ता कुरामा ध्यान दिन जरुरी छःस्

सारीबाहेक केही डिफ्रेन्ट खालको पहिरन, जुन उमेरअनुसार फिट रहोस् । जस्तै– लङ गाउन, अनारकली, लेहेंगा चोली ।

लङ गाउन जहिल्यै पनि प्लेन कपडामा बनाउनुपर्छ । प्लेन कपडामा हल्का बोर्डरले डिजाइन गर्नुपर्छ ।

लेहेंगा चोलीमा पनि बोर्डर सानो, यदि हाइट धेरै भए ठूलो बोर्डर हेरेर डिजाइन गर्नुपर्छ । चोली लामो गरेर पनि बनाउन सकिन्छ । सकेसम्म पेट भएकाहरूलाई हाई बेस्ट लेहेंगा लगाउँदा राम्रो देखिन्छ ।

लेहेंगा होस् वा गाउन, जे लगाउँदा पनि मुख्य रूपमा कलर कम्बिनेसनलाई ध्यान दिनुपर्छ । भद्दा कपडा नछानी प्लेन कपडा, जर्जेट, सिफन, लाइब्राजस्तामा डिजाइन गर्ने हो भने स्टाइलिस देखिन्छ ।

अनारकली बनाउँदा सकेसम्म चोली नछुटाई बनाउनुपर्छ । सकेसम्म अनारकली पनि प्लेन कपडामै डिजाइन गर्दा राम्रो हुन्छ । अझै अनारकली पनि सुरुवाल नलगाउने गरी गाउन स्टाइलमा राम्रो देखिन्छ ।

लङ कुर्ती पनि पार्टीवेयरमा लगाउन सकिन्छ । यसलाई स्टाइलिस बनाएर माथि प्लेन कपडा लिई इम्ब्रोइडरी गरेर तल प्रिन्टेड फेब्रिकमा सुरुवाल डिजाइन गरेर बनाउन सकिन्छ । जुन अहिलेको फेसनमा छ ।

जहिल्यै पनि एउटा कुरा के ख्याल गरौँ भने मोटो शरीरका लागि सधैँ प्लेन कपडामा हल्का डिजाइन गर्नुपर्ने र कलर कम्बिनेसनमा ध्यान दिन जरुरी छ ।