७ बैशाख २०८१, शुक्रबार
Follow Us

युवालाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ पौडेल एनआरएन अमेरिकाको चुनावी मैदानमा

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७६, शुक्रबार १९:४२

सुरेश कोइराला । मेरिल्याण्ड–इन्जिनियर शिवराज पौडेलले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्यव परिषद (एनआरएनए आईसीसी) मा सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । २०१४ मा पहिलो पटक आईसीसी अमेरिकाको सदस्य बनेका पौडेल २०१५ देखि २०१७ सम्मको कार्यकालमा एनसीसी बोर्ड सदस्य थिए। विधान कमिटीको वर्तमान संयोजक रहेका पौडेलले आसन्न निर्वाचनमा आईसीसी सदस्यका लागि उम्मेदवारी दिनुभएको हो ।

नेपालमै सरकारी सेवामा राम्रो अनुभव संगालेका पौडेलले अमेरिका पुगेपछि सोही पेशालाई निरन्तरता दिनु भएको छ । नेपाल र नेपालीको माया स्वदेशभन्दा प्रवासमा अझ बढी हुने पौडेलले बताए । युवा पुस्तालाई प्राविधिक सीप र ज्ञानले युक्त बनाउने उहाँको लक्ष्य छ ।

नविन सीप र प्रविधिले नै आधुनिकता दर्शाउने उहाँको भनाइ छ । प्रविधिमैत्री बनाउन म केन्द्रीत हुनेछु,’ उहाँले भन्नुभयो । अहिले अमेरिकी नेपाली समुदायबीच उहाँ एक बौद्धिक र क्षमतावान व्यक्तित्वमा रुपमा परिचित हुनुहुन्छ ।

एनआरएनए आईसीसीलाई नेपालीको साझा चौतारीको रुपमा विकास गर्ने अठोटका साथ अघि बढ्दै आउनु भएका पौडेलले आफू सधै नेपाल र नेपालीको हितमा लड्ने, अवसरहरू सिर्जना गर्ने लक्ष्यका साथ अघि बढेको बताए ।

अमेरिकाभरि छरिएर रहेका सबै वर्ग, धर्म, जातजाती, लिङ्गलाई समेट्दै एउटै संजाल बनाउन लागि पर्ने उहाँको भनाइ छ । ‘अमेरिकी नेपालीको साथ र सहयोगबाट म एनआरएनए आईसीसीको सदस्य पद्मा निर्वाचित भएमा नेपाल र प्रवासी नेपालीबीच प्रत्यक्ष सहयोग र समन्वय गर्ने वातावरण सिर्जना गर्नेछु,’ उहाँले भन्नुभयो ‘नेपालीका लागि नेपाली नै’ भन्ने मूल मन्त्र बोकेर म चुनावी मैदानमा उत्रिएको हो ।’ प्रवासी नेपालीहरूलाई एकत्रित गर्दै नेपालको कला, धर्म, संस्कृति, पर्यटनको विकासमा टेवा पु-याउने उहाँले चुनावी एजेण्डा छ ।

रामेछाप जिल्लामा जन्मेर पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इञ्जिनियरिङमा स्नातक गरेका पौडेल सन् २०१२ देखि अमेरिकाको मेरिल्याण्ड च्याप्टरमा बस्दै आउनु भएको छ । उहाँ कलेज पढ्दा नेपाल विद्यार्थी संघ एकाइ समितिको अध्यक्ष नै हुनुभएको थियो । यति मात्र होइन पौडेलको विद्यार्थी जीवन सक्रिय राजनीतिमा वितेको थियो । पढाइ सकेपछि भवन विभागमा उहाँले पेशागत कार्य सम्पादन समेत गर्नु भएको थियो ।