१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन अमेरिकाको निर्वाचनमा लोकतांत्रिक समुहको नेतृत्व शाहले गर्ने

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७६, शुक्रबार २०:४३

सुरेश कोइराला । टेक्सास । अमेरिकी जनसम्पर्क समितिको साझा उम्मेद्वारको रुपमा इन्जिनियर सुनिल शाहले एनआरएनएको अध्यक्ष पद्मा उम्मेदवारी दिनु भएको छ । संस्थालाई दीगो र संस्थागत बनाउने अभियान बोकेर चुनावी मैदानमा होमिनु भएका शाहले संसारभरी छरिएर रहेका नेपालीहरूबीच समन्वय गर्ने अठोट गर्नु भएको छ । बौद्धिक, क्षमता र कुशल नेतृत्वका धनी शाहको उम्मेदवारी अमेरिकामा बस्ने नेपालीको लागिमात्रै नभइ संसारभरी छरिएर रहेका नेपालीको समेत गौरवको विषय बनेको छ ।

पूल्चोक कलेजमा इन्जिनियरिङ शिक्षा हासिल गर्दा देखिनै नेपाल विद्यार्थी संघमा सक्रिय भुमिका निर्वाह गर्दै आउनु भएका शाहले सबै प्रवासी नेपालीलाई एकीकृत गदै संख्यात्मक र गुणात्मक ढंगबाट अघि बढाउने योजना बनाउनु भएको छ । नेपाल र नेपालीहरूलाई जोड्ने आधार वा भरोसा भनेकै एनआरएनए हो । र म यसलाई सम्मानित संस्था बनाउने अभियान जुटेको छु,’ उनले थपे ।
‘खानेमुखलाई जुंगाले छेक्दैन’ भने झै समाजसेवामा समर्पित व्यक्तिलाई सामाजिक काम गर्न जहाँ गएपनिे रोक्दैन भन्ने सिद्धार्थ गरी दिएको छ उहाँले अमेरिकामा गरेका क्रियाकलाप र व्यवहारले । सामाजिक भावले ओतपोत भएका शाहले नेपाल र नेपालीप्रति देखाउनु भएको सहकार्य, समर्पण र केही गरौं भन्ने उत्साह एवम् भावन नै सबैभन्दा ठूलो भएको प्रवासी नेपालीहरूले औल्याउनु भएको छ ।
हामी जहाँ रहेपनि नेपालीको क्षमता, पहुँच र स्रोतको अपेक्षा मातृभूमीले गरिरहेको हुन्छ,’ शाहले भन्नु भयो ‘हामी एकजुट भएमात्र जन्मभूमीको सेवा गर्न सकिन्छ ।’

‘यो महान र जिम्मेवार कार्यमा मलाई यहाँहरूको साथ र सहयोग आवश्यक छ । म एक्लैले गरेको निर्णय र योजनाभन्दा सबैको साझा छलफलबाट आएका योजना अझ बढी प्रभावशाली र प्रतिफल दिने मेरो विश्वास छ,’ उहाँले भन्नु भयो ।
गैर आवसिय नेपाली समुदायको सीमित स्रोत र साधनलाई विस्तार र प्रवद्र्धन गर्न म सधै अग्रसर हुने शाहले बताउनु भयो । यसले ड्याफरामा संरक्षित शक्ति प्रदान गर्नेछ ।’ विश्व भरि यसले संचार गर्ने उहाँको आशा राख्नु भएको छ ।