१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बुद्ध जयन्तीको अवसरमा एनआरएनए जापानले टोकियोमा शान्ति र्‍याली गर्दे


६ बैशाख २०७६, शुक्रबार २२:०८

टोकियो । बुद्ध जयन्तीको अवसरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) शान्ती र्याली गर्ने भएको छ । उक्त शान्ति र्‍याली २५६३ मिलिमिटर बुद्ध र बुद्धत्व अँकित कपडामा हस्ताक्षर संकलन गरि जापानको तथ्याङ्क हेर्ने आधिकारिक निकाय समक्ष बुझाइने एनआरएनए जापानले जानकारी दिएको छ ।

केही जापानी नागरिकमा अझैपनि बुद्ध जन्मस्थलबारे भ्रम रहेकाले त्यसलाई चिर्न र नेपालको पर्यटनमा सहयोग र नेपालको परिचय गराउन शान्ति र्‍यालीले महत्वपूर्ण भूमिका खेल्ने एनआरएनएले विश्वास लिएको छ । र्‍यालीलाई गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्ष सरोज कुमार खत्री र युवा संयोजक लेलिन भट्टचनले संयोजन गर्ने भएका छन्।

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मुख्य सन्देश फैलाउने उदेश्य सहित अप्रिल २१ तारिक आईतबार हिबिया पार्कबाट दिउँसो १ बजे गिन्जामा शान्ति र्‍याली जाने संयोजक सरोज कुमार खत्रीले जानकारी दिएका छन् ।

बुद्ध नेपालमा जन्मेको चिनाउने मात्र नभई नेपालको कला र संस्कृतिबारे समेत चिनाउने यो महत्वपूर्ण अवसरमा जापानवासी सम्पुर्ण नेपाली तथा नेपाली संघ संस्थाहरुलाई सहभागी हुन अध्यक्ष टासि वाङदी लामाले आग्रह गरेका छन् ।

शान्ति र्‍यालीमा सहभागीहरुले स्वस्फुर्त रुपमा नेपालबारे सकारात्मक सन्देश दिने प्लेकार्ड, व्यानर वा नेपाल जापान सम्वन्ध झल्काउने तथा भगवान गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भन्ने खालका प्लेकार्ड पनि संगै प्रदर्शन गरिने संघका महासचिव बुद्धि राज घिमिरेले डिसी नेपाललाई जानकारी दिए।