१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली राजदुताबास मलेसियाले एकदिने कन्सुलर सेवा सिविर आयोजना गर्ने


६ बैशाख २०७६, शुक्रबार २२:३७

साजन शर्मा ।

मलेसिया । नेपाली राजदुताबास मलेसियाले क्वालालम्पुर भन्दा बाहिर विभिन्न राज्यमा रहेका नेपालीहरुलाई दुताबासबाट प्रबाह गरिने सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउने उदेश्यले यहि महिनाको २१ तारिक आइतबारको दिन मलेसियाको तेरेंगानु राज्यमा एकदिने कन्सुलर सेवा सिबिर तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।

उक्त दिनमा नेपाली राजदुताबास मलेसियाले राहदानी नविकरण आबेदन, राहदानी हराएको नयाँ राहदानी आबेदन, यात्रा अनुमति पत्र, श्रम सम्बन्धि गुनासो सुनुवाई जस्ता सेवाहरु प्रवाह गर्न लागेको हुदा उक्त कार्यक्रममा सहभागी हुन त्यस क्षेत्र र आसपासमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई नेपाली राजदुताबास मलेसियाले हार्दिक अनुरोध गरेको छ।

साथै त्यहाँ स्थित नेपाली संघ संस्थाको प्रतिनिधि लाई आवश्यक सहयोग गरि दिनुहुन समेत अनुरोध गर्दै नेपाली राजदुताबास मलेसियाले एक बिज्ञप्ति जारी गरेको छ।