१३ बैशाख २०८१, बिहीबार
Follow Us

म ब्याक नहुने गरि अगाडि बढ्छु : कुमार पन्त, उपाध्यक्ष एनआरएनए (भिडियो)


६ बैशाख २०७६, शुक्रबार २३:५९

राजकुमार थापा ।

लिस्बन । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्तले आफु स्वाभाविक रुपमा अध्यक्षको दावेदार रहेको बताएका छन् । एनआरएनए पोर्तुगलले लिस्बनमा आयोजना गरेको दोश्रो नेपाल महोत्सवमा विशेष अतिथिको रूपमा सहभागी हुन आएका पन्तले एनआरएनए कार्यालयमा भएको अन्तरक्रियामा पत्रकारहरुको प्रश्नमा उक्त कुरा बताएका हुन् ।

उनले पत्रकारहरुलाइ भने ” म स्थापनाकालदेखि एनआरएनए अभियानमा सक्रिय रुपमा सहभागी हुँदै आएको छु, एनआरएनएका सबै खालका पदहरुमा काम गरेको अनुभव छ, केन्द्रीय उपाध्यक्ष पनि दुई पटक भइसके, बिधानत अब मेरो अध्यक्षमा जाने बाहेक बिकल्प छैन, तर औपचारिक घोषणा गर्ने बेला भने आइसकेको छैन । म ब्याक नहुने गरि अगाडि बढ्छु’

नेपाली नागरिकताको निरन्तरताकाबारेमा सोधिएको प्रश्नमा उनले एनआरएनए यो मुद्दा निरन्तर उठाइ रहने प्रतिबद्धता व्यक्त गरे ।