१३ बैशाख २०८१, बिहीबार
Follow Us

कहिले तिर्छ एनसेलको पुँजीगत लाभकर ?

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७६, शनिबार ०२:४८

काठमाडौं– एनसेलको मातृ कम्पनी आजियटाले ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकरसम्बन्धी पत्र पाएको जनाएको छ ।
आजियटाले प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयबाट सातदिनभित्र कर बुझाउने म्यादसहितको पत्र पाएको जनाएको हो ।
ठूला करदाता कार्यालयको पत्रमा बैशाख ९ गतेभित्रमा बाँकी कर दाखिला गर्न भनिएको छ । ‘आजियटा र एनसेल अहिले पत्रको समीक्षा गरिरहेका छन्’, विज्ञप्तिमा भनिएको छ ।
ठूला करदाता कार्यालयले ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार रुपैयाँ कर निर्धारण गरिसकेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।