६ बैशाख २०८१, बिहीबार
Follow Us

गृहमन्त्रीबाट गृहसचिव र प्रहरी महानिरीक्षक पुरस्कृत

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७६, शनिबार १२:१३

बैशाख । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरीएको छ ।
गृहमन्त्रालयमा आज एक कार्यक्रमकाबीच गृहमन्त्री रामबहादुर थापा‘बादल’ले उहाँहरुलाई नगद तथा प्रशंशापत्र प्रदान गर्नुभएको हो ।
बेरुजु फछ्र्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई रु आठ हजार नगद एवम् प्रशंसापत्र तथा गृहमन्त्रालयमा उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद रु ६ हजार तथा प्रशंसापत्र प्रदान गरीएको छ ।
कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाईदिनुहँुदै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गर्नुभयो ।
आजको कार्यक्रमले अन्य मन्त्रालयलाई पनि प्रेरणा प्रदान गर्ने उहाँको भनाई छ ।
सरकारले विकास र समृद्धिको लक्ष्य लिएको र त्यसका लागि सुशासन अनिवार्य रहेकोमा गृहमन्त्रीले जोड दिनुभयो ।
गृहन्त्रालय र सो अन्तर्गतका निकायहरुको आ.व.२०७३÷७४सम्मको आ.व. २०७४÷७५मा फछ्र्यौट गरीसक्नुपर्ने सो अवधीमा ६३.०३ प्रतिशत अर्थात रकम रु चार अर्ब ३० करोड ९७ लाख रहेकोमा रु दुई अर्ब ७१ करोड ६२ लाख बेरुजु फछ्योट भएको छ ।
यस्तै नेपाल प्रहरीको आ.व.२०७३÷७४सम्मको बेरुजु रु ६८ करोड ४१ लाख मध्ये ५.१४ प्रतिशत अर्थात ५ करोड २५ लाख बेरुजु फछ्र्यौट भएको छ ।
बेरुजु फछ्र्यौट मुल्यांकन तथा अनुगमन समितिले बेरुजु फछ्र्योटमा संलग्न उक्त अवधीमा कार्यरत प्रशाशकिय प्रमुख र कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंशापत्र प्रदान गर्न सकिने पत्र अनुसार उहाँहरुलाई गृहमन्त्रालयले पुरस्कृत गरेको हो ।