१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेल्जियमको ‘एसेण्टा ट्रेड फेयर” मानव तस्करी सम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक हुने

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०७३, मंगलवार १८:३८

लन्डन । वेल्जियममा सन् २०१३ मा सम्पन्न भएको ‘एसेण्टा ट्रेड फेयर’ मा भएको मानव ट्राफिकीङ सम्बन्धी छानविन समितिको प्रतिवेदन सार्वजानिक हुने भएको छ । गैरआवासीय नेपाली संघ बेल्जियको उच्चस्रोतका अनुसार सो प्रतिवेदन आगामि आइतवार लुभेन शहरमा हुने एनआरएन बेल्जियमको साधारणसभामा सार्वजानिक गर्ने तयारी गरिएको हो ।
नेपाल र बेल्जियमको ५० औ दौत्य सम्बन्धको अवसर पारेर आयोजित सो फेयरमा आएका १४ जना नेपाली सम्पर्क विहीन भए पछि मानव तस्करीको आशंका गरिएको थियो । गैरआवासीय नेपाली सँघ बेल्जियम, एफएनसीसीआईको सकृयता आयोजित सो फियर बारे विवाद उत्पन्न भए पछि गैरआवासीय नेपाली संघ बेल्जियमले पूर्वअध्यक्ष जानकी गुरुङको अध्यक्ष्यतामा ९ सदस्सीय छानविन समिति गठन गरिएको थियो । सो समितिले यसअघि नै आफ्नो प्रतिवेदन गैरआवासीय नेपाली सँघ बेल्जियमलाई बुझाइ सकेको छ ।

स्रोतका अनुसार छानविन समितिको प्रतिवेदनमा एफएनसीसीआईको सिफारीसमा यूरोप छिरेका केही नेपाली बेपत्ता भएको उल्लेख गरिएको छ ।

तत्तकालिन अध्यक्ष कुस कुमार जोशी र फियर आयोजक समितिका संयोजक तथा गैरआवासीय नेपाली सँघका सचिव अर्जुन कुमार श्रेष्ठ र तत्तकालिन गैरआवासीय नेपाली सँघ बेल्जियमका अध्यक्ष प्रेम गुरुङ विवादमा तानिएका छन् ।

आइतवार हुने साधारणसभामा सो प्रतिवेदन औपाचारिक रुपमा सार्वजानिक गर्ने तयारी गरिएको छ । गैरआवासीय नेपाली सँघका उपाध्यक्ष कुमार पन्तको बिषेश उपस्थितीमा हुने सभामा आर्थिक, बार्षिक तथा विधान शंसोधनका प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।

बेल्जियमस्थित बिभिन्न सामाजिक संघसँस्था ४ दर्जन प्रतिनिधीहरुको उपस्थित रहने सभामा यूरोपका अन्य देशका संघसँस्थाका प्रतिनिधीहरुलाई समेत आमन्त्रण गरिएको जनाएको छ ।