७ बैशाख २०८१, शुक्रबार
Follow Us

जव प्रधानमन्त्रीलाई युवाले कालोझण्डा देखाए ……….

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७६, शनिबार १२:१९

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा एक व्यक्तिले कालोझण्डा देखाएका छन् ।

ऐतिहासिक जितगढी किल्लाको विजयोत्सव समारोहलाई सम्बोधन गरिररहेका बेला एक युवकले उनलाई कालोझण्डा देखाएका हुन् ।

‘मेरो देश मेरो प्राण, उजिरसिंह जिन्दावाद’ भन्ने नारा लगाउँदै ती युवाले कालोझण्डा देखाएको प्रहरीले जनाएको छ । प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला विद्युत सर्ट भएर आजाव आएपछि उठेका मानिसको भीडबाट ती युवा कालोझण्डा निकालेर नारा लगाउँदै मञ्चतर्फ अगाडि बढेका थिए । प्रहरीले ती युवालाई अर्घाखाचीको रुद्र प्रसाद घिमरे रहेको अहिले नियन्त्रणमा लिएको बताए । जव युवाले कालो झन्डा देखाए । अनि केही मानिसहरु अलमल परे । केही उठे र केही झन्डै एक मिनेट पछि दुई प्रहरीले ति युवालाई समातेर लगे । अनि प्रधानमन्त्री भने केही कोईन विचारलाई कसैले पठाएको होला छाड्नि बस्नुहोस भन्दै भाषणलाई अगाडी बढाए