१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चौधरी ग्रुपको नर्भिक अस्पतालले गर्यो २ अर्ब लगानी थप्ने घोषणा

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७६, शनिबार १२:२६

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले करीब २ अर्ब लगानी थप्ने भएको छ । सो लगानी थपिएसँगै आगामी तीन वर्षभित्र अस्पताल अत्याधुनिक २५० शैयायुक्त बन्ने अस्पतालका अध्यक्ष बसन्त चौधरीले जानकारी दिए ।

करिब ५० जना कर्मचारीहरुद्वारा सुरुवात गरिएको २५ शैयायुक्त नर्सिङ्ग होम हाल करिब ९०० चिकित्सकीय, गैर चिकित्सकीय सदस्यहरुको कर्मथलो बनेको छ भने १५० शैयायुक्त रहेको छ ।
आगामी सन् २०२२ भित्रै २५० शैयायुक्त अति विशिष्ट हस्पिटलका रुपमा विकास गरिने अस्पतालको २६ औं वार्षिकोत्सवका अवसरमा शनिबार चौधरीले सो कुरा बताए ।
२६औ वार्षिकोत्सव समारोहकै हिस्साका रुपमा नर्भिकले विगत १५ दिनदेखि विविध कार्यक्रमहरु गर्दै आइरहेको थियो । तिनमा वृहत् रक्तदान कार्यक्रम, खेलकूद (आन्तरिक भलिवल÷क्रिकेट) र हाजिरी–जवाफ प्रतियोगिता रहेका थिए ।
२६औं वार्षिकोत्सवका औपचारिक समारोहपूर्व कवि तथा गीतकार समेत रहेका नर्भिकमा नव स्थापित रक्तसञ्चार केन्द्र (ब्लड बैंक) को समुद्घाटन गरेका थिए ।
उक्त केन्द्रको व्यवस्थापन पश्चात् आफ्ना विरामीहरु लगायत अन्य सर्वसाधारणलाई आवश्यकता पर्ने रगतको भण्डारण आपैmसँग हुने, क्रस म्याच लगायतका सेवाहरु छिटो, छरितो र विश्वसनीय हुने तथा आकस्मिक समयमा विरामीको बहुमूल्य समय बचाउँदै ज्यान बचाउन समेत मद्दत पुग्ने अस्पतालले जनाएको छ ।

हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा हस्पिटलका लब्ध प्रतिष्ठित चिकित्सकहरुमध्ये अमेरिकन बोर्ड सर्टिफाइड स्नायु चिकित्सक तथा स्नायुरोग विभागीय प्रमुख डा. पङ्कज जलानले नयाँ उचाईमा पुग्दै गर्दा नयाँ चुनौति पनि आइपर्ने र त्यस्ता सबै चुनौतिहरुको सामना गर्न नर्भिक सक्षम रहेको बताए ।
नर्भिक राष्ट्रकै एक उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक संस्था भएको, यसप्रति सर्वसाधारणको अत्यन्त ठूलो आस्था र भरोसा रहेको भन्दै यसलाई आपूmहरुले कायमै राख्ने डा. जलानले बताए ।
सोही समारोहमा बोल्दै नर्भिकको पाचन प्रणाली उपचार केन्द्र तथा ग्याष्ट्रोइन्टेरोलोजी विभागीय प्रमुख बरिष्ठ चिकित्सक डा. मधु घिमिरेले नर्भिकले नेपाली चिकित्सा फाँटलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन जति काम गरेको छ, त्यति कुनै पनि नेपाली सरकारी र गैर–सरकारी हस्पिटलहरुले गर्न नसकेको बताए ।
जसरी मुटुरोग उपचारमा नर्भिकले राष्ट्रमै सर्वप्रथम अन्तर्राष्ट्रिय प्रविधि भित्र्याई अग्रणी हुने श्रेय पायो, त्यसरी नै पाचन प्रणाली उपचारमा पनि अत्यावश्यक इन्टरभेनसन प्रविधि भित्र्याउने नर्भिक राष्ट्रकै पहिलो हस्पिटल रहेको उनले बताए ।

यस्तै नर्भिककी प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख प्रा.डा. अचला बैद्यले विगत १४ बर्षमा नर्भिकमा प्रसूति तथा स्त्रीरोग उपचारमा अन्तर्राष्ट्रियस्तर कायम गर्न सकेको भन्दै सब–फर्टिलिटी, फिटल मनिटरिङ्ग, मेनोपाउज जता विषय विशेषज्ञ उपचार सेवा दिंदै हाल प्रिभेन्टिभ अन्कोलोजी र विशेष परामर्श (काउन्सेलिङ्ग) युनिट मार्पmत् सेवा सुरु गरेको हुँदा देशैभरबाट आउने रेफरल केसहरु सफलतापूर्वक व्यवस्थापन गर्न सकेको बताइन् ।
समारोहमा वरिष्ठ छाती तथा श्वास–प्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानी, बरिष्ठ मुटुरोग विशेषज्ञ (इन्टरभेन्सनल कार्डियोलोजिष्ट) तथा मुटुरोग विभागीय प्रमुख प्रा.डा. यादवदेव भट्ट, बरिष्ठ हाड–जोर्नी विशेष तथा हाड–जोर्नी विभागीय प्रमुख डा. प्रविन नेपालले आ–आफ्ना फ्याकल्टीलाई अभैm कसरी उच्चस्तरीय पार्ने भन्ने विषयमा आपूmहरु दत्तचित्त रहेको बताए ।
उपचारमा नवीनतम् प्रविधि भित्र्याउने क्रममा हाल कायरोप्राक्टिक सेवा नेपालमै पहिलोपटक सुरु भइसकेको र अन्य सेवाहरु सुरुवातकै क्रममा रहेको पनि बताइयो ।
कार्यक्रममा हस्पिटलका दीर्घसेवी कर्मचारीहरु र उत्कृष्ट विभागीय कर्मचारीहरु पुरस्कृत र सम्मानीत भएका थिए ।
हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहको धन्यवाद ज्ञापनबाट समापन गरिएको पहिलो सत्रको औपचारिक समारोह लगत्तै दोस्रो चरणमा साँस्कृतिक, सांगितिक एवम् अन्य मनोरञ्जनात्मक कार्यक्रम गरिएको अस्पतालका नायव महाप्रबन्धक (संस्थागत सञ्चार) आरपी मैनालीले जानकारी दिए ।