६ बैशाख २०८१, बिहीबार
Follow Us

धादिङमा बस दुर्घटना, २ को मृत्यु २५ जना घाइते

sarusaru
८ बैशाख २०७६, आईतवार ०८:२३

धादिङ– पृथ्वी राजमार्गस्थित धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा पर्ने सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान १० बजे काठमाडौंबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको बा४ख १४१५ नम्बरको सो बस दुर्घटना भएको छ ।
तीब्र गतिको सो बस अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा सडकबाट करीब २५ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
उनका अनुसार एक जनाको घटनास्थलमै र अर्का एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारका क्रममा मृत्यु भएको हो । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।
यस्तै दुर्घटनामा ११ महिला र १४ पुरुष गरी २५ जना घाइते भएका छन् । उनीहरुमध्ये २१ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने बाँकी गम्भीर चार घाइतेलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ ।