April 1, 2020

राजस्व कार्यालय बाँकेले १३१ व्यवसायीलई कर बक्यौता रकम दाखिला गर्न ताकेता

  21st April 2019 मा प्रकाशित

काठमाडौं–आन्तरिक राजस्व कार्यालय बाँकेले १३१ व्यवसायीलई कर बक्यौता रकम दाखिला गर्न ताकेता गरेको छ ।
आज एक सूचना प्रकाशित गरेर आन्तरिक राजस्व कार्यालय बाँकेले आयकर र मूल्य अभिवृद्धिकरमा दर्ता भएका बाँके र बर्दियाका ंं१३१ व्यापारी तथा व्यवसायीलाई १५ दिनभित्र बक्यौत कर तिर्न भनेको छ । १५ दिन भित्र नतिरे उनीहरुलाई कारबाही गरिने आन्तरिक राजस्व कार्यालय बाँकेले जनाएको छ ।
उनीहरुलाई कार्यालयले पटक—पटक पत्राचार तथा फोन गर्दा समेत बक्यौता रकम दाखिला गर्न नआएको र कतिपय करदाता सम्पर्कमा समेत नआएकाले उनीहरुको नाम प्रकाशित गरेर कार्यालयले सूचना नै जारी गरेको छ ।
१५ दिनभित्र कर तिर्न नआए ती व्यवसायीको आयात निर्यात रोक्का गर्ने, बैंक खाता रोक्का गर्ने, चल÷अचल सम्पत्ति रोक्का तथा लिलाम बिक्री गरी कानुनी कारबाही गरिने जनाइएको छ ।
सरकारले पछिल्लो दिनमा कर नतिर्नेलाई सार्वजनिक सूचना जारी गदै ताकेता गर्न थालेको छ ।

प्रतिक्रिया