१२ बैशाख २०८१, बुधबार
Follow Us

सोलुखुम्बुमा लडेर एक अमेरिकन नागरिकको मृत्यु

sarusaru
८ बैशाख २०७६, आईतवार १०:५४

सोलुखुम्बुमा लडेर एकजना अमेरिकन नागरिकको ज्यान गएको छ । भ्रमणको सिलसिलामा सगरमाथा आधार शिविर पुगेका ३६ वर्षका अमेरिकन नागरिक क्रिस्टोफर बेन्डनको शनिबार लडेर ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

सगरमाथा आधार शिविर पुगेर फर्कने क्रममा खुम्बुपासाङल्हामु गाउँपालिका–३ को फाक्दिङमा लडेर उनको ज्यान गएको हो । कानुनी प्रक्रिया पूरा गरेरे उनको शव काठमाण्डौको शिक्षण अस्पताल लगिने प्रहरीले बताएको छ । घटनाबारे खुम्बुका प्रहरी निरीक्षकको टोली खटिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख शालिग्राम शर्माले जानकारी दिए ।
टिभि अन्नपूर्ण