१६ चैत्र २०८०, शुक्रबार
Follow Us

तामाङ्ख दिदी भाईको बर्चस्वता तोड्दै रचे दिपेशले र रशिलाले नयाँ ईतिहास

sarusaru
८ बैशाख २०७६, आईतवार ११:०१

सेनाका तामाङ्ख दिदीभाई रत्नजित र नङ्खशलको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी र रशिला महर्जनले नयाँ ईतिहास रच्न सफल भएका छन् ।

सेनाका रत्नजित तामाङ्खको एक छत्र राज लाई तोड्दै एपिएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन् । आठौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामीले नयाँ ईतिहास रचेका हुन् । दाङ्खको घोराहीस्थित कभर्डहलमा भएको उपाधी भिडन्तमा दिपेशले रत्नलाई २१ । १६, २१ । १४ को सोझो सेटमा पराजित गर्दै ईतिहास रचेका हुन् । विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित एपिएफका दीपेश धामी संग पराजित भएका हुन् । २०६९ सालमा काठमाण्डौमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नंम्बर एक खेलाडी बिकास श्रेष्ठलाई पराजित गर्दै नंम्बर एक भएका रत्नले त्यस पश्चात फर्केर हेर्नु परेका थिएन । तर बेला बेला उनलाई दिपेश धामी र प्रिन्स दाहालले चुनौती दिंदै आएका थिए । यसै प्रतियोगिता अन्तरगत पनि पुरुष टिम ईभेन्ट्सको पुरुष एकलको सेमिफाईनलमा प्रिन्सले तथा फाईनलमा दिपेश धामीले उनलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन जन्मने सुचित गरिसेका थिए । दिपेशले यस अघि रत्नजित तामाङ्खलाई अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि पराजित गरिसकेका थिए ।

यसैगरि नयाँ ईतिहास रच्ने क्रममा सेनाकी रशिला महर्जनले नङ्खशललाई १९ । २१, २१ । १४, २४ । २२ ले पराजित गर्दै आफुलाई राष्ट्रिय च्याम्पियनको रुपमा नाम दर्ता गर्न सफल भईन् । १४ बर्षमा दौडी रहेकी उनले हालै मात्र सम्पन्न कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनमा पनि उपाधी हात पारेकी थिईन् । कक्षा र ४ पढ्दै गर्दा ब्याडमिन्टनको ¥याकेट समातेकी उनी कक्षा ९ मा अध्ययनरत छिन् । ब्याडमिन्टनको ईतिहासमा राष्ट्रिय च्याम्पियन बन्ने उनी अहिले सम्मकै कान्छि खेलाडी रहेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।

दिपेश र रशिला हालै सम्पन्न कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनका विजेता समेत रहेका छन् ।