८ बैशाख २०८१, शनिबार
Follow Us

बेल्जियमको बिवाद मिलाउन जनसम्पर्क समिति युरोपको दबाव (प्रेश विज्ञप्तिसहित)

sarusaru
८ बैशाख २०७६, आईतवार ११:०९

काठमाडौं– नेपाली जनसम्पर्क समिति युरोपमा दुई गुटबीच विवाद देखिएको बेला नेपाली जनसम्पर्क समिति, यूरोप समन्वय समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
व्यक्तिगत इगोले संस्थाकै भविष्य अन्धकारमा पर्ने अवस्था आएको भन्दै युरोप समन्वय समितिले बेल्जियमस्थित नेपाली जनसम्पर्क समितिसँग आबद्ध सम्पूर्ण सदस्यहरुलाई पार्टी एकताको बाटो तय गर्न आग्रह गरेको छ ।
समितिका संयोजक दिल बहादुर गुरुङले जारी गरेको विज्ञप्तिमा पार्टी भित्रको बिबादलाई सार्वजानिक बहसको विषय नबनाई सामाजिक संजालमा समेत पार्टी अनुसाशन भित्र रहेर आफ्ना विचारहरु राख्न अनुरोध गरिएको छ ।

साथै नेपाली जनम्पर्क समिति नेपाली कांग्रेसको विधानमा प्रस्ट उल्लेख गरि गठन भएको पार्टीको शुभचिन्तक संस्था भएको हुदाँ पार्टीको अहित हुने गरि टिकाटिप्पणी नगर्न उनले सबैप्रति ध्यानाकर्षण गराएका छन् ।

प्रेश विज्ञप्ति

नेपाली जनसम्पर्क समिति बेल्जियमको पछिल्लो अवस्थाको बारेमा नेपाली जनसम्पर्क समिति युरोप समन्वय समितिको ध्यानर्कषण भएको छ । तत्कालीन नेपाली कांग्रेसका सभापति गिरीजा प्रसाद कोइरालाको अवधारणामा नेपाली जनसम्पर्क समिति युरोप समन्वयन समिति गठन भएको हो । नेपाली कांग्रेसको निर्देशन र निर्णय अनुरुप नेपाली जनसम्पर्क समिति युरोपले यो क्षेत्रमा करिब दुई दर्जन भन्दा बढी नेपाली जनसम्पर्क समितिको शाखाहरु खोल्न सफल भएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनलाई विदेशी भूमिबाट सहयोग गर्ने र यहाँस्थित लोकतन्त्रवादीहरुलाई संगठित गर्न नेपाली जनसम्पर्क समितिहरु विस्तार भएका हुन् ।

यूरोपस्थित बिभिन्न देशमा नेपाली जनसम्पर्क समिति गठनको क्रममा नेपाली कांग्रेसको नेतृत्व तथा नेपाली कांग्रेसका विदेशस्थित कार्यकर्ताहरुको महत्वपूर्ण भुमिका रहेको छ । यो संस्था कुनै एक व्यक्तिले आर्जेको नभएर सबै लोकतन्त्रवादीहरुको योगदान रहेको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा हामीले पु¥यएको योगदानले नै देशमा संघिय लोकतन्त्रिक गणतन्त्रको स्थापना भएको हो । नयाँ संविधानमा गैरआवासीय नेपालीहरुको नागरिकताको ग्यारेन्टी समेत हाम्रै पहलमा भएको हो । पार्टीभित्रको एकताले उल्लेख रुपमा उपलब्धिहरु हासिल गर्न सकिन्छ भन्ने माथिका उदाहरणहरु हुन् ।

पछिल्लो निर्वाचनमा नेपाली कांग्रेस पराजित भए पछि देशमा अहिले बामपन्थिहरुको दुई तिहाई सरकारले राज्य संचालन गरिरहेको छ । नेपाली कांग्रेस ऐतिहासमै अप्ठ्यारो अवस्थामा रहेको छ । आगामी ४ वर्ष भित्र संगठन बिस्तारलाई तिब्रता दिएर अब हुने आम निर्वाचनमा बामपन्थि बिरुद्ध एक भएर जुट्नु पर्ने अवस्था रहेको अवस्थामा विदेश स्थित नेपाली जनसम्पर्क समिति भित्र व्यक्तिगत टकरावका कारण विवाद सृजना गर्नु दुःख कुरा हो ।
नेपाली जनसम्पर्क समितिहरुको दवावका कारणले नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुलाई समेत महासमिति र महाधिवेशन प्रतिनिधी दिन राजी भएको हो । पार्टीको निती विपरीत बिभिन्न वाहानामा पटक पटक विवाद सृजना गरेर नेपाली जनसम्पर्क समितिको औचित्य माथि नै प्रश्न उठ्ने वेला आएको छ । समितिको विवादले नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा प्रवासबाट हुदै आएको प्रतिनिधीत्व खोसिन सक्ने सम्भावना प्रति सजग गराइन्छ ।

व्यक्तिगत इगोले संस्थाकै भविष्य समेत अन्धकारमा पर्ने अवस्था आएको महसुस हुन थालेको छ त्यसैले बेल्जियमस्थित नेपाली जनसम्पर्क समितिसंग आबद्ध सम्पूर्ण सदस्यहरुलाई पार्टी एकताको बाटो तय गर्न आग्रह गर्दछु । पार्टी भित्रको बिबादलाई सार्वजानिक बहसको बिषय नबनाई सामाजिक संजालमा समेत पार्टी अनुसाशन भित्र रहेर आफ्ना विचारहरु राख्न अनुरोध गर्दछु ।

साथै नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको विद्यानमा प्रस्ट उल्लेख गरि गठन भएको पार्टीको शुभचिन्तक संस्था भएको हुदाँ पार्टीको अहित हुने गरि पार्टी कार्यालयको निर्देशन विपरीत नजान समेत सम्वन्धित सबैको ध्यानार्कषण गर्दछु ।

दिल बहादुर गुरुङ
संयोजक, नेपाली जनसम्पर्क समिति, यूरोप समन्वयन समिति

१७ अप्रील २०१९ वर्लिन ।