११ बैशाख २०८१, मंगलवार
Follow Us

सुरु भयो बजेटको चटारो, राष्ट्रपतिद्वारा अधिवेशन आह्वान

sarusaru
८ बैशाख २०७६, आईतवार ११:२२

काठमाडौँ– संघीय संसदको (बजेट) वर्षे अधिवेशन वैशाख १६ गतेबाट बस्ने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बैशाख १६ गतेबाट सुरु हुनेगरी संसद बैठक आव्हान गरेकी हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी चैत ११ गते चीनको राजकीय भ्रमणमा नौ दिनका लागि जाने भएकाले त्यसअघि नै उनले अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले आइतबार संसद सचिवालयलाई पत्र पठाउदै बैशाख १६ गते दिउँसो ४ बजेका लागि संघीय संसदको दुवै सदनको बैठक आव्हान गरेकी हुन् ।
अधिवेशन कम्तिमा एक हप्ता अघि आह्वान हुनुपर्ने व्यवस्था छ ।
जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट पेश गर्नुपर्ने भएकाले प्रिबजेट छलफलका लागि एक महिना अघि अधिवेशन बोलाउन लागिएको हो ।
बजेट पेश हुनुअघि संसदमा पूर्वबजेटबारे छलफल गर्ने परम्परा छ ।
संसदको हिउँदे अधिवेशन चैत १० गते अन्त्य भएको थियो ।