१२ बैशाख २०८१, बुधबार
Follow Us

राप्रपालाई वार्तामा आउन सरकारको निम्ता

sarusaru
८ बैशाख २०७६, आईतवार ११:४९

काठमाडौं– आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकारले वार्तामा बोलाएको छ ।
कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभवक्त ढकालले आइतबार राप्रपा अध्यक्ष कमल थापालाई एक पत्र पठाउँदै वार्तामा आउन आग्रह गरेका हुन् ।
राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले सरकारले आइतबार वार्ताको आह्वान गर्दै पत्र पठाएको पुष्टि गर्दै सरकारको आह्वानलाई पार्टीले सकारात्मक रुपमा लिएको बताए ।
उनले अब सरकारसँग वार्ता गर्नका लागि समिति गठन गरेर अघि बढिने बताए । उनका अनुसार सम्भवतः भोलि पार्टीको बैठक बसेर पार्टीको तर्फबाट वार्ता टोलीको नाम तय गरिनेछ ।
नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्ने, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरिनुपर्ने, संघीयता बारे जनमतसंग्रह गरिनुपर्ने लगायतका २२ बुँदे माग राख्दै राप्रपाले चरणबद्ध संघर्ष गर्दै आएको छ।