१३ बैशाख २०८१, बिहीबार
Follow Us

विप्लव नेतृत्वको पार्टी फुटाउन खोजियो !

sarusaru
८ बैशाख २०७६, आईतवार १२:४३

काठमाडौं– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक शीर्ष नेताले सरकारले आफ्नो पार्टीविरुद्धको प्रचारयुद्धलाई घनीभूत पारेको आरोप लगाएको छ । पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा विरहीले भ्रम छरेर पार्टी फुटाइन खोजेको पनि बताएका छन् ।

उनले सैद्धान्तिक रुपमा आफूहरु वार्ताको विरोधी नभएपनि अहिले वार्ताको कुनै सन्दर्भ र औचित्य नभएको बताएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै शर्माले वार्ताको लागि विप्लवलाई दवाव दिएको भ्रम फैलाएर सरकार पार्टी फुटाउ र राज गर भन्ने मनसायबाट निर्देशित रहेको टिप्पणी गरेका छन् ।
उनले आफू पार्टीको नीति र कार्यक्रमप्रति दृढ रहेको पनि पष्ट पारेका छन् ।
अहिले पार्टी वार्तामा बस्ने मनस्थितिमा नभएपनि आफूले वार्तामा बस्न विप्लवलाई दवाव दिएको भन्दै प्रचार गर्ने काम भएको उनको भनाई छ ।